लोक दोहोरी सर्जक प्रकाश पुरीको एकै पटक चार गित बजारमा

लोक दोहोरी सर्जक प्रकाश पुरीको एकै पटक चार गित बजारमा
मनोरन्जन
प्रकाश पुरी

महेश नेपाल,काठ्माण्डौ । सिन्धुपाल्चोक जिल्लाको ठुलोसिरुबारीमा पिता बेल बहादुर पुरी र माता तारा पुरीको कोखबाट जेठो सन्तानको रुपमा बि.सं २०४६ सालमा मध्यम बर्गिय परिवारमा जन्मिएका हुन गायक प्रकाश पुरी । सुनौलो बाल्यकाल गाउँमै बिताए उनले । उकाली, ओराली, धुलो, माटो खेल्दै हुर्कीएका उनको बुवा आमाको सपना छोरो पढेर ठुलो मान्छे बनोस भन्ने थियो । पढाईको भन्दा अरु कुरा हुँदैन थियो घरमा । गाउँमै सेती देबी उ.मा.बि मा पढ्दै गरेका उनलाई राम्रो पढाउन भन्दै उनका बुबाले दश बर्षको सानै उमेरमा काठ्माण्डौ लिएर गए । सानै उमेरमा आमाको काखबाट टाढा रहनु पर्दाको पिडा भुल्दै लैनचौरको श्री शान्ती विद्या गृहमा कक्षा ४ बाट पढाई सुरु गरे ।

पढाइ बिदा हुँदा गाउँमा पुग्दा गाउँ घरमा हुने पूजापाठ, रत्यौलीमा गाईने दोहोरी गितहरुमा रमाउने मौका पाउँथे र रमाउँथे । बिशेष त आमा ठुली आमा हरुले घाँसे गित गाएको सुन्दा  प्रभाबित भएका उनी सोच्थे  म पनि ठूलो भएपछी गित गाउँछु गायक बन्छु । त्यसपछी उनले बिद्यालयमा हुने बिबिध कार्यक्रमहरुमा भाग लिएर गित  गाउन थाले । राजधानीमा पढ्दै ९ कक्षामा पढ्दै गरेका उनी पारिवारीक समस्याका कारण फेरि जिल्ला फर्किए र चौतारा स्थित जुगल बोर्डीङमा भर्ना भएर पढाइ पूरा गर्न तिर लागे ।

जब जिल्लामा फर्किए उनको मनमा गीत संगीत प्रतीको चासो झन बढ्दै  गयो । किनकी गाउँमा जात्रा, मेला, पर्वमा गित संगित अनिवार्य नै हुन्थ्यो । बि.सं २०६३ सालमा एसएलसी सकेर उनी ललितकला क्याम्पसमा भर्ना भए र त्यसै साल निकै दु:ख कष्ट भोगेर एउटा गित रेकर्ड गरे । गित थियो ‘न  खोज धेरै भाउ’ । जुन गित  बिजय पुरी र उनको संयुक्त प्रस्तुती रहेको थियो । जुन गीतले अग्रज कलाकारहरु लाई नजिकबाट चिन्ने मौका मिल्यो साथै धेरै कुरा सिक्ने मौका मिल्यो भन्छ्नी उनी ।

सुरुमा अग्रजहरु बाट साथ र सहयोग पाउँला भन्नि ठुलो आशा मनमा संगालेका उनलाई तर तीनै कलाकारले गित निक्लेपछी यो मेरो गित हो भन्दा झन उल्टो हाँंसोमा उडाउने, खिल्ली उडाउने गर्न थाले । तैले पनि गीत गाउँछस र भन्नेहरुको कमी भएन साथ र सहयोग त परै जाओस उल्टो खिल्ली उडाए । अहिलेका चर्चित भनिएका धेरै कलाकारको दैलो दैलोमा पुगेका उनले कसैको सहयोग पाएनन । तर उनले हिम्मत हारेनन । किनकी उनलाई लक्षमा पुग्नु थियो ।

घर परिवारमा छोरो यो गाउने पेशामा नलागिदिए हुन्थ्यो भन्ने थियो । घर परिवार र आफन्तबाट समेत सहयोग नपाएका उनी खल्तिमा एक रुपयाँ नहुँदा समेत संघर्ष गर्दै अगाडि बढे । राजधानीमा राती दोहोरी साँझमा काम गर्दै बिहान कलेज पढ्दै दोहोरी गित निकाल्दै अगाडि बढ्नु कम्ती गारो थिएन । तर पनि एकपछी अर्को गर्दै उनी अगाडि बढे ।

अहिलेसम्म डेढ दर्जन बढी गितमा कुनैमा उनको आवाज, कुनैमा संगित र कुनैमा शब्द लेखेका छन उनले ।  उनका गित हरु: साँच्चै हो सांच्चै हो, परदेशमा दशैं, बदनाम नगर, पञ्चे बाजा ठोकेर बिहे गर्छु, घर त चौतारा, चौतारा दोलालघाट, नक्कली मोरी, बानी पर्‍या छ, नखोज धेरै भाउ, जुगल हिमाल, डाँडै काटी जाउ, मुटु जलाई जलाई, यो दशैमा म घर आउँदिन, तिमिलाई कहिले नपरोस रुनलाई लगायत रहेका छन । अब तत्कालै पनि ४ वटा गित उनकै आवाजमा बजारमा आउँदै छन ।

आत्म सन्तुष्टि नै संसारको सबै भन्दा ठूलो धर्म रहेछ । साथीहरुले तपाईको गित कहिले आउँछ भनेर खोजी खोजी सुन्दा जस्तो आनन्द अरु केही कुरामा नलाग्ने उनी थप्छन।  लाखौं दर्शक श्रोताको मायाँ, अझै राम्रो काम गर्न सक्नु भन्नि आशिर्वाद दिने मित्रहरुको सहयोगले काम गर्न  निकै हौसला मिलेको बताउने पुरी  अझै मेहनत गर्दै गरेको कुरा बताउँछन ।

उनका सृजनालाई मन पराउने सबै दर्शक श्रोतालाई भगवान मान्ने उनी सँधै दर्शक श्रोताको मायाँको ॠणी भएको बताउँछन । अब तत्कालै बजारमा आउन लागेका उनका गितहरुमा : मेरी प्यारी रहरले परदेश पस्या हैन, यसपाली बिहे गर्दिन्छन घरकाले, झझल्को आँखैमा, डाँडैमा लर्के वर लगायत रहेका छन । हाम्रो तर्फबाट पनि उनको उज्वल साँगितिक भबिष्यको लागि हार्दीक मंगलमय शुभकामना।

Post Comment