देउवाले भने :-कांग्रेस बाहेक कुनैपनि पार्टीलाई बिदेशी शक्तिले पत्याउंदैन

देउवाले भने :-कांग्रेस बाहेक कुनैपनि पार्टीलाई बिदेशी शक्तिले पत्याउंदैन
समाचार

कांग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस विदेशीले पत्याएको पार्टी भएकाले स्थानीय तहको निर्वाचनमा अरु दललाई पछि पार्ने दाबी गरेका छन् ।

पोखरामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भारतसहित पश्चिमा शक्तिको समर्थन काँग्रेसलाई रहेको संकेत गरे । उनले एमाले मुलुकमा विभाजन ल्याउन सक्रिय रहेको र माओवादीलाई विदेशीले पैसा नदिने भन्दै काँग्रेसले मात्र देशको विकास गर्न सक्ने जिकिर गरे ।

‘एमालेले पहाडी र मधेसी जनताबीच द्वन्द्व सृजना गरेर देश टुक्राउने षड्यन्त्र गरिरहेको छ, माओवादीलाई विदेशीले पत्याउँदैन’, देउावले भने, ‘अबको चुनावमा काँग्रेसले जिते मात्र देशको विकास हुन्छ ।’

उनले विदेशीबाट पैसा ल्याएर भए पनि वृद्ध भत्ता दोब्बर वृद्धि गर्ने प्रतिबद्धता जनाए । एमोलले वृद्ध भत्ता आफूले बाँडेको भन्दै भोट माग्न थालेपछि त्यसको प्रत्युत्तरमा देउवाले भत्ता दोब्बर बढाउने बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी ओलीले केही समयअघि पोखराको सभाबाटै एमालेले जत्तिको मान्छे देखाउन चुनौती दिएको स्मरण गर्दै देउवाले काँग्रेसको सभा हेर्न आउन ओलीलाई चुनौती दिए । उनले भाषणको सुरुआतै त्यही चेतावनीबाट गरेका थिए । देउवाले काँग्रेसमा कसैले अन्तरघात गरे र बागी उम्मेदवारी दिए कारबाही कडा गर्ने चेतावनी दिए ।

Post Comment