राष्ट्रपतिको अपमान भएको भन्दै भारत भ्रमण छोट्याईयो

राष्ट्रपतिको अपमान भएको भन्दै भारत भ्रमण छोट्याईयो
समाचार

भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विमानस्थलमा भारतीय राज्यमन्त्रीले स्वागत गरेपछि राष्ट्रपति भण्डारीले आफ्नो भ्रमण छोट्याउने बुझिएको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा ५ दिने भ्रमणको लागि सोमबार भारत पुगेकी राष्ट्रति भण्डारीलाई विमानस्थलमा राज्यमन्त्रीले स्वागत गरेपछि नेपालस्थित् राष्ट्रपति निवास शितलनिवासमा गम्भिर समिक्षा भएको स्रोतले जनाएको छ ।

नयाँदिल्लीको ईन्दिरागान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भण्डारीलाई महिला तथा बालबिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरे लगत्तै राष्ट्रपति भण्डारी आफन्तहरुले आजै भ्रमण छोट्याउनेबारे छलफल गरेको स्रोतले दाबी गर्यो । किनकी भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आउँदा राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् ।

राज्यमन्त्री राजले स्वागत गरिरहँदा स्वयम् राष्ट्रपति भण्डारी समेत बेखुशी देखिएको तस्विरले जनाउँछ ।

मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत भिआआईपीहरु विमानस्थलमा रिसिभ गर्न पुगेका थिए । तर, भारत सरकारले नेपालका राष्ट्रपति भण्डारीको स्वागतमा राज्यमन्त्रीलाई विमानस्थल पठाएपछि राष्ट्रपति भवन शितलनिवासमा यसबारेमा गम्भिर समिक्षा भएको छ ।

उनीहरुले भारतले राष्ट्रपति भण्डारीको भ्रमणलाई महत्व नै नदिएको झल्किने विज्ञहरुले बताएपछि शितलनिवासले राष्ट्रपति भण्डारीलाई भ्रमण छोट्याउनको लागि आग्रह गरिसकेको छ ।

राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार नयाँदिल्ली गएकी हुन् । भारत बसाइको क्रममा उनले समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

तर अब राष्ट्रपति भण्डारी शुक्रबार अघि नै स्वदेश फर्किर्ने बुझिएको छ उनले नयाँ दिल्लीमै महत्वपूर्ण भेटवार्ता गर्ने र संवभत बुधबार नै स्वदेश फर्किने बुझिएको छ ।

Post Comment