प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्याबिनेट बैठक केही समयका लागि रोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए ।
संविधान संशोधन स्थानीय निर्वाचनका विषयमा महत्वपूर्ण छलफल गर्न मन्त्रिपरिषद् बैठक रोकेर त्यता मोडिएका हुन् । विपक्षी दलका नेता समेत रहेका ओलीलाई भेटेर सहमति जुटाउन प्रधानमन्त्री बालकोट लागेका हुन् ।
प्रधानमन्त्रीले विहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए । बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारमा भेला भइसकेका छन् ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसमेत उपस्थित रहेका छन् ।
–