स्थानीय तह निर्वाचनः कहाँ कसले जित्यो, कुन पार्टी अगाडि ?

स्थानीय तह निर्वाचनः कहाँ कसले जित्यो, कुन पार्टी अगाडि ?
समाचार

स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । अहिलेसम्म करिब ७० वटा स्थानीय तहमा मतगणना सुरु भइसकेको छ भने अन्यमा पनि गणनाको तयारी भइरहेको छ ।

कुल २८३ वटा स्थानीय तहको चुनावमा तीनवटा स्थानीय तहमा एमालेले जितेको छ भने एउटामा नेपाली कांग्रेसले जितेको छ । एमालेले मनाङको च्यामे र नेस्याङ गाउँपालिका प्रमुखमा जित हात पारेको छ ।
डोल्पाको से–फोक्सुण्ड गाउँपालिकामा एमाले निर्विरोध भइसकेको छ । त्यस्तै नेपाली कांग्रेसले मनाङको नार्फूमा निर्विरोध जितेको छ ।

अहिलेसम्म प्राप्त तथ्यांक विवरण अनुसार प्रमुख दलहरुले अग्रता लिइरहेका स्थानीय तह यस्ता छन्ः

नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु

१. गुर्भाकोट नगरपालिका (सुर्खेत)

२. थाहा नगरपालिका (मकवानपुर)

३. महालक्ष्मी नगरपालिका (ललितपुर)

४. रुबीभ्याली गाउँपालिका (धादिङ)

५. धुनीबेंसी नगरपालिका (धादिङ)

६. गजुरी गाउँपालिका (धादिङ)

७. मनहरी गाउँपालिका (मकवानपुर)

८. बन्दीपुर गाउँपालिका (तनहुँ)

९. मादी गाउँपालिका (कास्की)

१०. बेनी नगरपालिका (म्याग्दी)

११. कीर्तिपुर नगरपालिका (काठमाण्डु)

१२. नागार्जुन नगरपालिका (काठमाण्डु)

१३. गैंडाकोड नगरपालिका (नवलपरासी)

१४. देवचुली नगरपालिका (नवलपरासी)

१५. विदुर नगरपालिका (नुवाकोट)

१६. कागेश्वरी गाउँपालिका (नुवाकोट)

१७. डुंगेश्वर नगरपालिका (दैलेख)

१८. लेकबेंसी नगरपालिका (सुर्खेत)

१९. बनेपा नगरपालिका (काभ्रे)

२०. फेदीखोला गाउँपालिका (स्याङजा)

२१. गोकर्णेश्वर नगरपालिका (काठमाण्डु)

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह

१. ललितपुर महानगरपालिका

२. मुसिकोट नगरपालिका (रुकुम)

३. दार्मा गाउँपालिका सल्यान, (माओवादी–कांग्रेस) तालमेल

४. शारदा नगरपालिका (सल्यान)

५. चन्द्रागिरी नगरपालिका (काठमाण्डु)

६. गोदावरी नगरपालिका (ललितपुर)

७. बुढानीलकण्ठ नगरपालिका (काठमाण्डु)

८. गोरखा नगरपालिका (गोरखा)

१०. तादी गाउँपालिका (नुवाकोट)

११. कुसे गाउँपालिका (जाजरकोट)

१२. जिरी नगरपालिका (दोलखा)

१३. कागेश्वरी मनहरा नगरपालिका (काठमाण्डु)

१४. टोखा नगरपालिका (काठमाण्डु)

माओवादीले अग्रता लिएका स्थानीय तह

१. चौरजहारी नगरपालिका (रुकुम)

२. गोलनचौर गाउँपालिका (सिन्धुली)

३. थाक्रे गाउँपालिका (धादिङ)

४. नेत्रावती गाउँपालिका (धादिङ)

५. रोशी गाउँपालिका (काभ्रे)

६. वागमती गाउँपालिका (मकवानपुर)

७. भेरीगंगा नगरपालिका (सुर्खेत)

८. शिवालय गाउँपालिका (जाजरकोट)

९. बारेकोट गाउँपालिका (जाजरकोट)

१०. काफीकोट गाउँपालिका (रुकुम)

११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)

अन्य दलर स्वतन्त्रले अग्रता लिएका स्थानीय तह

१. महांकाल गाउँपालिका, ललितपुर– स्वतन्त्र