कास्कीको रुपा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका गाउंपालिका अध्यक्षका प्रत्यासी प्रकाश खनालको गाउं थुम्कीको बडा नं १ र २ को मतगणना सकाए पछि कांग्रेस अगाडि देखिएको हो ।
थुम्कि गाउँ वडा नं १ को मतगणना सकाउँदा एमालेका प्रत्यासी नवराज ओझा भन्दा खनाल ४ सय ७१ मतले अगाडि रहेका छन् । अध्यक्षमा कांग्रेसका खनालले ७ सय ७ मत प्राप्त गरे भने एमालेका ओझाले २ सय ३६ मत प्राप्त गरे । यसैगरि वडा नं २ मा एमालेका ओझाले अग्रता लिएका छन् । जसमा एमालेको ३ सय ७७ मत रहेको छ भने कांग्रेसको २ सय ८६ रहेको छ ।
यसपछि गणना गरिने वडा नं ३ ,४ र ५ एमालेको बाहुल्य रहेको हुदाँ एमालेले अग्रता कायम गर्न सक्ने अनुमान गरिएको छ । तुलनात्मक रुपमा अन्य वडाहरुमा एमाले बलियो मानिन्छ ।