स्थानिय निकाय निर्वाचन : काठमाण्डौंमा माओवादी पत्तासाफ

समाचार

देशकै राजधानी काठमाडौँमा जारी मतगणनामा माओवादीको बिजोग देखिएको छ ।
काठमाडौँको एउटा महानगरपालिका र १० वटा नगरपालिकाको माओवादीले झिनो मत मात्र पाएको छ । माओवादीले कुनै पनि नगरपालिकामा अग्रता लिएको छैन् ।

काठमाडौँ महानगरपालिकामा त झन् माओवादी उम्मेदवार सर्वोत्तम डंगोल छैटौं नम्बरमा छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले २१७ मत ल्याउँदा माओवादीका डंगोलले ११ मत मात्र पाएका छन् । माओवादी भन्दा बढी भोट संघीय समाजवादी फोरम र नयाँ शक्तिबाट उम्मेदवार बनेका पवित्र बज्राचार्यले ल्याएका छन् । उनले १८ मत पाएका छन् ।

काठमाडौंमा प्रतिस्पर्धाका हिसाबले नेकपा एमाले सबैभन्दा अगाडि देखिएको छ । महानगरपालिकामा साझा पार्टी दोस्रो स्थानमा छ भने नगरपालिकाहरुमा काँग्रेस दोस्रो स्थानमा छ । एमालेले बुढानीलकण्ठ, शंखरापुर नगरपालिका, तारकेश्वर, नागार्जुन, दक्षिणकाली र कीर्तिपुरमा अग्रता लिइरहेको छ । यसैगरी, कांग्रेस गोकर्णेश्वर, कागेश्वरी मनहरा, टोखा र चन्द्रागिरी नगरपालिकामा अघि छ ।

Post Comment