रेणुले १० हजार मतान्तरले जित्ने देउवाको दाबी ,प्रचण्ड भोलि चितवन जाँदै

रेणुले १० हजार मतान्तरले जित्ने देउवाको दाबी  ,प्रचण्ड भोलि चितवन जाँदै
समाचार

काँग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल गुटले धोका दिएका कारण चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुत्री रेणु दाहालभन्दा एमाले उम्मेदवार अगाडि भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रारम्भिक चरणको मतगणना परिणाम हेर्दा चुनावी तालमेलप्रति काँग्रेस इमान्दार हुन नसकेको भन्दै असन्तुष्टि पोखेपछि देउवाले त्यस्तो जवाफ दिएको बालुवाटार स्रोतले बतायो । भरतपुर महानगरमा हालसम्म ४ वटा वडाको मतगणना सकिँदा रेणु एमाले उम्मेदवार देवी ज्ञवालीभन्दा १८ सय मतले पछाडि छिन् । ज्ञवालीको ६ हजार ७ सय ३५ र रेणुको ४ हजार ९ सय ८७ मत छ । करिब ४० प्रतिशत काँग्रेस मतदाताले मेयरमा ज्ञवालीलाई मत दिएको पाइएको छ । १० हजारभन्दा बढी मतगणना हुँदा काँग्रेसका मतदातामध्ये ४० करिब प्रतिशतले ५ छाप रुखमा र दुई छाप (मेयर/उपमेर) मा सूर्यमा मत दिएको भेटिएको हो । मतदातको यही टे«न्ड कायम रहे भरतपुरमा एमालेको जित पक्कापक्की जस्तै छ ।
तर, देउवाले प्रचण्डलाई भने रेणु जित्नेमा निश्चितन्त हुन आग्रह गरेका छन् । हालसम्म मतगणना सकिएका १ देखि ४ वडामा रामचन्द्र पौडेल गुट बलियो रहेकाले सो गुटले पार्टी केन्द्रको निर्णयविपरीत एमाले उम्मेदवारलाई मत दिएको दाबी देउवाको छ । अब मतगणता हुने ६ देखि १२ वडासम्म (बजार क्षेत्र) मा आफ्नो समूह बलियो रहेको र ती वडाबाट अधिकांश काँग्रेस मतदाताले रेणुलाई भोट दिएको भन्दै देउवाले प्रचण्डलाई कन्भिन्स गर्न खोजेका थिए । देउवाको दाबीमा पत्याउने आधार भने छ ।
कारण हालसम्म १, ३ र ४ नम्बर वडाको अध्यक्षमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । २ नम्बर वडा अध्यक्षमा मात्र एमालेले जितेको छ । स्रोतका अनुसार देउवाले रेणुले ५ देखि १० हजार मतले जित्ने दाबी गरेका छन् । ‘तपाईं ढुक्क भएर बस्नुस् । अहिलेसम्म गणना भएको क्षेत्र रामचन्द्र पौडेल वालाहरुको हो’, अब हाम्रा साथीहरु भएको वडामा गणना हुँदा रेणु अगाडि आउँछिन्, ५ देखि १० हजारले जित्छिन् ।’ प्रचण्डले भने तालमेल गरेर पनि तलसम्म तालमेलको कारण र औचित्यबारे बुझाउन नसकेको भन्दै देउवासँग असन्तुष्टि जनाएका थिए ।

Post Comment