हमन्त्री जनार्दन शर्माले टीकापुर घटनामा मुख्य अभियुक्त भनिएका रेशम चौधरी परिवारको भौतिक क्षति भएकाले सरकारले राहत दिएको बताएका छन् ।
चौधरी टीकापुर घटनापछि चौधरी अर्धभूमिगत जीवन विताइरहेका छन् । सरकारले हालै मात्र चौधरीलाई १ करोड ७४ लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो, जसको चर्को अलोचना भएको छ ।
प्रहरी तालिम केन्द्रमा प्रहरी प्रमुख प्रकाश आर्याल र गृहसचिव लोकदर्शन रेग्मीसँगै पत्रकारमाझ उपस्थित भएका गृहमन्त्री शर्माले टीकापुर घटनाबारे सरकार स्पष्ट रहेको बताए ।
रेशम चौधरीलाई क्षतिपूर्ति दिएकोबारे सोधिएको प्रश्नमा शर्माले टीकापुर घटनाका सबैमाथि न्याय गरिने बताए । चौधरी परिवारको भौतिक क्षति भएकोले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको उनले बताए ।
थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ टिकापुरमा भएको हिंसात्मक घटनाका क्रममा एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट थारु समुदायको घरमा आगजनी भयो । चौधरीको फुलवारी रेडियो र रेष्टुराँमा पनि आजगनी भएको थियो ।