अमेरिकामा नेपाली महिलामाथि ज्यान मार्ने प्रयास

अमेरिकामा नेपाली महिलामाथि ज्यान मार्ने प्रयास
समाचार

अमेरिकाको न्यूयोर्कमा एक अमेरिकी नागरिकले नेपाली महिलालाई हत्याको उद्देश्यले रेलको ट्र्याकमा धकेलेका छन् । प्रहरीका अनुसार ती व्यक्तीले पूर्व सूचना दिएर नेपाली नागरिकलाई रेलको ट्र्याकमा धकेलका हुन् ।

न्यूयोर्क टाइम्सका अनुसार कमला श्रेष्ठलाई न्यूयोर्कको इस्ट भिलेजको एफ ट्रेन प्लाटफर्ममा रेलको ट्र्याकमा धकेलिएको हो ।

उनलाई गुड स्मार्टेन्सले ट्र्याकबाट बाहिर निकालेका थिए । उनको टाउको १० टाँका लगाइएको छ । ट्र्याकमा धकेल्ने व्यक्तिलाई भने प्रहरीले खोजीरहेको जनाइएको छ । श्रेष्ठले घटनापछि ‘आफूलाई मर्ने चाहाना नभएको’ प्रतिक्रिया दिएकी छिन् । पछिल्लो समय विदेशी नागरिकमाथि अमेरिकामा आक्रमणका घटना हुन थालेका छन् ।

Post Comment