नेपाली चलचित्र गाउंदेखि विश्वसम्म भन्नेनाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्थरमा प्रचार प्रसार र प्रर्दसन गरि नेपाली कला संंस्कृतीलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजित दोश्रो खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ सनिबार सम्पन्न भयो ।
नेपाल फिल्म सोसाईटी र ग्लोबल नेपाली फिल्म अवार्डको आयोजनामा कोलोराडोमा सम्पन्न कार्यक्रममा नेपालका ख्याती प्राप्त सिने कर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपालकालागी पूर्व अमेरीकी राजदुत स्टक डेलिसीको प्रमुख आतिथ्यतामा नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रममा फिल्म लगायत बिभिन्न बिधामा योगदान गर्नेहरुलाई एवार्ड बितरण गरिएको थियो ।
एवार्डलाई अभियान, लाईफटाईम याचिभ्मेन्ट, याचिभ्मेन्ट, इस्पेशल, कन्ट्रिब्यूसन, ड्यास्पोरा, भुटनिज कम्यूनिटी एप्रीसिएसन र पपुलर फिल्म अवार्डगरी बर्गिकरण गरिएको थियो । उत्कृष्ट सिनेमा, कुशल निर्देशक, कुशल सिनेमा ग्राफर, उत्कृष्ट नायक, नायिका लगायत बिभिन्न बिधामा फिल्म अवार्डहरु बितरण गरि सिनेकर्मिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी स्कट डेलिसी, विशेष अतिथी अमेरिकाकालागी नेपालका महाबाडिज्यदुत ऋषी ढकाल तथा आर्का विशेष अतिथी हलिउडका फिल्म निर्माता तथा निर्देशक थोमस फेरे लगायत बिभिन्न अतिथी तथा प्रायोजकहरुबाट कलाकार, अभियान्ता, संचारकर्मि फोटोग्राफर, डिरेक्टरहरुलाई दोसल्ला ओडाएर, सम्मान पत्र र एवार्ड प्रदानगरि सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा टिका पहारी, गिहिन्द्र धिमाल, भुवन केसी, दिपाश्री निरौला, केकी अधिकारी, अनमोल केसी, केदार घिमीरे, शर्मिला मल्ल, सुनिल थापा, कृष्ण मल्ल, जितु नेपाल, मुकुन्द किशोर भट्टराई, नारायण त्रीपाठी, रविन कार्की, हरि उप्रेदी, प्रेम गुरुङ, कृष्ण मुरारी ढुङ्गेल, विजयराज शर्मा, निलम श्रेष्ठ, ईशानी श्रेष्ठ, साहारा कार्कि, अम्बिका शर्मा, उदय सुब्बा, आर्यान सिग्देल, शिब परियार, पुरुषोत्तम प्रधान, प्रियांका कार्कि, लगायतका बिभिन्न बिधाका व्याक्तित्वहरु रहेका छन् ।
कार्यक्रममा दिपाश्री निरौला, जितु नेपाल, केदार घिमीरे, केकी अधिकारी, शिब परियार, सत्यकला राई, सहारा कार्कि, भुटनिज कलाकार तथा स्थानीय कलाकारहरुले नाच, गान तथा हास्यकला प्रदर्शन गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा फेशन सो लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । समारोहमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई टोकन अफ लव प्रदान गरिएको थियो ।
प्रमुख अतिथी तथा विशेष अतिथीहरुबाट केक काटेर उद्धाटन गरिएको कार्यक्रममा पञ्चकन्याबाट स्वागत गरी नेपाल र अमेरीकाको राष्ट्रियगान बजाईएको थियो । कार्यक्रममा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन गरि नेपाली कला संंस्कृतीलाई बिश्वसामु चिनाउने उद्धेश्यले आयोजना गरिएको बताएका थिए । घोषणा गरिएको भन्दा ३ घण्टा पछि सुरु भएको कार्यक्रम राती १२ बजेसम्म संचालन भएको थियो । सहभागीहरुले नेपालमा हालै गएको बाढी पिडीतलाई सहयोगार्थ कलाकारमार्फत पिडीतको हातसम्म पुगोस भन्दै सहयोग प्रदान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक शैलेस पेख्रेलले कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
कोलोराडोमा दोश्रो ग्लोबल नेपाली फिल्म अवार्ड सम्पन्न
