प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा आफूले राष्ट्रहित विपरित कुनै पनि काम नभएको दावी गरेका छन् ।
आज व्यवस्थापिका संसदमा भारत भ्रमणकोबारे जानकारी दिने क्रममा प्रधानमन्त्री देउवाले योे जानकारी गराएका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘आन्तरिक मामलाको बारेमा कसैसँग सम्झौता गरेको छैन, र हुन पनि सक्दैन ।’
नेपालको शान्ति प्रक्रिया तथा संक्रमणमा सहयोग गर्दै आएका नेपालको छिमेकी तथा मित्र राष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक घटनाबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न नमिल्ने उनले बताए ।
संसदलाई सम्बोधनगर्ने क्रममा प्रधानमन्त्री देउवाले आफूले गरेको पाँच दिने भ्रमणलाई भारत सरकारले उच्च प्राथमिकता दिएको दावी समेत गरे ।
प्रधानमन्त्री देउवाले भने, ‘विगतमा भएका सम्झौता भएर अड्किएर बसेका विषयहरु अगाडि बढाउन यो भ्रमण सफल भएको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवा हिजो साँझमात्र छिमेकी राष्ट्र भारतको ५ दिने राजकिय भ्रमण पूरागरि स्वदेश आएका हुन् ।