छक्का पन्जा २ को दोस्रो गित नेपाली फिल्मकै पुरानो गितबाट प्रभावित (सुन्नुहोस् गित)

छक्का पन्जा २ को दोस्रो गित नेपाली फिल्मकै पुरानो गितबाट प्रभावित (सुन्नुहोस् गित)
मनोरन्जन

सुशन घिमिरे । हिजो रिलिज भएको छक्का पन्जा २  को ‘ म त यता किनारामा ‘बोलको  गित सुन्दा तपाईलाई कता कता सुनेको झै लाग्यो हो ? हामिलाई पनि त्यस्तै लाग्यो । हामिले कतै सुने सुने लागेको उक्त गित खोज्दै जांदा आज भन्दा करिब ९ बर्ष अगाडि रिलिज भएको फिल्म देवर बाबुको देउडा गित ‘क्यारुम मार्यो मायाले ‘संग मिलेको छ ।

त्यो गित र यो गितको संग ट्युन मिलेको पाइएको छ ।  टेम्पो पनि मिलेको छ। त्यसो तो देवर बाबुको उक्त गितमा बासुरीको धुन रहेको ठाउँमा छक्का पन्जाको यो गितमा झ्याम्म झ्याम्म भनिएको छ । झ्याम्म झ्याम्म जुन शब्द निकै टिपिकल हो गितमा यो शब्द सुन्दा डिमर्चा व्याण्डको झ्याम्म झ्याम्म बोलको गितको याद पनि  आउनसक्छ । ।

छक्का पन्जा २ को उक्त गितमा हरिबंश आचार्य र आस्था राउतको स्वर रहेको छ भने किरन कडेलको संगित रहेको छ । हाल सम्म युट्युबमा उक्त गितलाई १ लाख १६ हजार भन्दा बढि हेरिएको छ ।

छक्का पन्जा २ को पहिलो गितले चोरीको आरोप खेपेको थियो ।

[youtube https://www.youtube.com/watch?v=jVuVAohryts]
[youtube https://www.youtube.com/watch?v=Xc7YEmRNHkk]

Post Comment