पोखरा घर भई न्युयोर्कमा लामो समयदेखि बसोबास गर्दे आएका दानबीर श्री पराजुलीले न्युयोर्कको रिजउडमा पनि सामुदयिक भवन तथा दुर्गा मन्दिर बनाउनका लागी आफैले ब्यक्तीगतरुपमा नै एक लाख एक हजार एक सय एघार डलर सहयोग गरेका छन् ।
पराजुलीलेअमेरिकामा हुने हरेका किसमका कार्यहरूमा सहयोग गर्दे आएका छन् । सहयोग गर्ने क्रममा पराजुलीले सबै नेपालीहरूको सहयोगले अब छिटै नै सामुदायिक भवन तथा दुर्गा मन्दिर बन्नेमा ढुक्क रहेको बताँएका छन् ।
धन भएर मात्र हुँदैन मन पनि श्री पराजुलीको जस्तो भइृदिएको भए आज न्युयोर्कमा समुदायिक भवन बन्न एतिका समय पक्कै पनि लाग्ने थिएन् । उनै दानबीर श्री पराजुलीबाट धन भएका तर मन फुकाउन नसकेकाहरुले सिक्नु पर्ने देखिन्छ । सन ्२०१० मा उनी अध्यक्ष हुँदा मन्दिर निर्माणका लागी जग्गा खरिद गरिएको थियो । विभिन्न सघं सस्धामा आबद्ध श्री पराजुली विगतमा एनआरएनमा उपाध्यक्ष समेत रहेका थिए ।