महेश नेपाल, काठ्माण्डौ । बर्दिया जिल्लाको सानोश्री ५ श्रीनगर, हाल मधुबन न. ६ मा पिता धन्नामे बिस्वकर्मा र माता ललि बिस्वकर्माका पहिलो सन्तानको रुपमा जन्मिएका हुन दिनेश कुमार बिस्वकर्मा । गाउँकै श्री भगवती प्रा. बि. बाट शिक्षाको सुरुवात गरेका उनले श्री गुराँस उच्च मा. बि. बाट एस. एल. सि. सम्मको शिक्षा हासिल गरे । सानै देखिको लजालु बानीले गर्दा उनलाई नाच्न गाउन धेरै लाज लाग्थ्यो । तर उनलाई भगवानले नृत्य कला मेरो लागि पुरुस्कार स्वरूप सुम्पिनु भएको जस्तै साबित भयो ।
उनी सानो छँदा करिब ११-१२ बर्षको उमेरामा टेप वाक्मेन मा क्यासेट बजाउदै लुकि लुकि नाच सिक्न थाले । एक दिन दाजु को बिहेमा उनलाई जबर्जस्ति नचाईएछ । उनी लजाई लजाई नाचेका थिए तर राम्रो नाच्दो रहेछ भनेर पुरै गाउँभर फिजियो । अनि सबैको तारिफ आउन थाल्यो ।गाउँको नाँचको तारिफबाट हौसिएका उनी त्यसपछी भने स्कुलका कार्यक्रममा समेत सहभागी हुन थाले । सिक्दै सिक्दै अगाडि बढ्दै जाँदा उनले स्कुलका कार्यक्रमहरुमा पनी राम्रो प्रदर्शनन गर्न सफल हुन थाले । उनले नाँचेरै धेरै, प्रसंशा पत्रहरु, उपहार र प्रोत्साहन स्वरुप प्रमाणपत्रहरु पाएका छन । उनलाई त्यतिबेला उपनाम नै राखिदिएका थिए सानो शंकर बि.सी. भनेर ।
उनको नृत्य कलाको चौतर्फी तारिफ हुँदाहुदै पनी बिडम्बना बाहिर जानु पर्ने भयो । उनि मलेशिया छिरे तर उनको कलाकारिताको सोच कहिले नि परिवर्तन भएन किनकी उनको नशा नशामा थियो । समय बित्दै गयो दुनियाँ परिवर्तन हुँदै गयो ईन्टरनेटको जमना आयो, झन सजिलो भयो । उनी, थुप्रैपटक मलेसियामा समेत नाँचे । यसै क्रममा उनको सम्पर्क शक्ति चन्द सङ्ग भयो र मिलेर गीत निकाल्ने सोच पनि गरे र एकनारायण भण्डारीको शब्द सङ्गीतमा पुर्ण कला बि.सी. अनि अनि शक्ति चन्दको स्वर, उनी आफैं र पार्वती राईको अभिनय तथा बिक्रम चौहानको निर्देशनमा पहिलो एल्बम ‘बेल पाक्यो फोरेरै खाईन्छ’ आशिष म्युजिक प्रा. ली मार्फत बजारमा गयो । सँधै दर्शक श्रोताको माया पाए अझै उत्कृष्ट गीतहरु निकाल्ने सोच राखेको उनी बताउछन ।