न्युयोर्कमा बन्ने साँस्कृतिक केन्द्र तथा दुर्गा मन्दिरको लागि रबिन बज्राचार्यले बुद्ध मुर्ति दान गर्ने घोषणा

न्युयोर्कमा बन्ने साँस्कृतिक केन्द्र तथा दुर्गा मन्दिरको लागि रबिन बज्राचार्यले बुद्ध मुर्ति दान गर्ने घोषणा
अमेरिका

न्युयोर्कमा बस्दै आएका समाज सेवी रबिन बज्राचार्यले न्युयोर्क महापुराण २०१७ मा बुद्धको मुर्ति दान दिने घोषणा गरेका छन् l उनले उक्त घोषणा रिजवुड नेपाली समाजको आयोजना गरेको सप्ताह महापुराणको अन्तिम दिन अगस्त २९ तारिख उक्त घोषणा गरेका हुन् l उनले नगद तथा धनादेश (चेक ) हस्तान्तरण नगरी सार्बजनिक रुपमा बुद्धको मुर्ति दिने घोषणा गरेका हुन् ।

उनले आफनो जीवन संगिनी को साथमा उक्त घोषणा गरेका हुन् l रिजवुड नेपाली समाजको आयोजनामा बन्दै गरेको नेपाली मन्दिरलाई ४ फिटको तामाको बुध्द मुर्ति दान गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

बज्राचार्यले उक्त अवसर दिएकोमा रिजवुड नेपाली समाजलाई आभार ब्यक्त गरेका छन्। मुर्ति लगाएत , मुर्ति नेपालबाट अमेरिकामा ढुवानी, मुर्तिमा बिघिवत रुपमा जिवन्यास गर्ने र बिधिवत रुपमा मन्दिर परिसर भित्र स्थापना गर्ने सम्पूर्ण खर्च समेत गरेर घटिमा $ १० हजार १ डलर दान गर्ने अवसर पाएर धन्य भएको मा हर्ष व्यक्त गरेका छन् ।

उनले हजार मूर्ति स्थापना पश्चात मूर्तिको दर्शन दर्शण धर्म चित्त उत्पन्न गर्ने प्रेरणा धेरैलाई मिल्नेछ भन्नेमा आशावादि छु भन्दै ” सब्ब दानं धम्म दानं जिनाति” “दान मध्ये धर्म दान सर्वश्रेष्ठ हो” भनि सामाजिक संजाल (मुहार पुस्तिकामा )लेखेका छन् ।

उनले ईनेप्लिज संग कुरा गर्दै उक्त मुर्तिको लागि आफुले खोज तलास गर्न थालेको बताएका छन् l बज्रचार्य आगामी हुने गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनको लागि कोषाध्यक्षका प्रत्यासी पनि हुन् ।

Post Comment