निगमका निर्देशक खड्काबिरुद्ध क्षतिपूर्ति माग्दै नागरिक दैनिकका मालिक अदालतमा

निगमका निर्देशक खड्काबिरुद्ध क्षतिपूर्ति माग्दै नागरिक दैनिकका मालिक अदालतमा
समाचार

नागरिक दैनिकका मालिक विनोद ज्ञवाली र प्रधान सम्पादक गुणराज लुइटेल नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काबिरुद्ध एक अर्ब ५० करोडको क्षतिपूर्ति माग्दै अदालत पुगेका छन् ।

आफू विरुद्ध खड्काले झूठा मुद्दा दायर गरेको भन्दै नागरिक दैनिकका मालिक ज्ञवाली प्रबन्ध निर्देशक शोभा ज्ञवाली, प्रधान सम्पादक लुइँँटेल र संवाददाता दिलीप पौडेलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । खड्काबाट एक अर्ब पचास करोड रुपैयाँ बराबरको क्षतिपूर्ति भराइ पाउँ भन्दै मुद्दा दायर गरेको छ ।

केही दिनअघि निगमका कार्यकारी निर्देशक खड्काले नागरिक दैनिकका मालिक, प्रधान सम्पादक र संवादाताबिरुद्ध ८० करोड मागदावीको मुद्दा दायर गरेका थिए । ‘झूठा फिरादपत्र दर्ता गराई हाम्रो सामाजिक ख्याती, प्रतिष्ठा, मर्यादा तथा आर्थिक एवं व्यवसायिक क्षति गराएकोले सो सहित मुद्दा गर्दा लागेका खर्च, कानुन व्यवसायी फी, टाइप खर्च, वारेश फी लगायतको जम्मा एक अर्ब पचास करोड रुपैया क्षति भएकोले सो दिलाई भराई पाऊ’ खड्का बिरुद्ध दायर गरिएको मुद्दामा माग गरिएको छ ।

Post Comment