जनकवि दुर्गा लाल श्रेष्ठ लाई महानन्द साहित्य साधक पुरस्कार

जनकवि दुर्गा लाल श्रेष्ठ लाई महानन्द साहित्य साधक पुरस्कार
अमेरिका साहित्य
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) ड्यालासले हरेक बर्ष नेपाली भाषा साहित्यमा योगदान पुर्याए वापत दिदै आएको महानन्द साहित्य साधक पुरस्कार यस पटक जनकवि दुर्गा लाल श्रेष्ठ लाई दिने भएको छ ।
सम्मानित हुने साधकलाई कदर पत्र सहित पाँचसय डलर नगद दिइने छ l भाषाशास्त्री महानन्द सापकोटा परिवारबाट नै प्रदत्त उक्त पुरस्कार श्रीमती सीता सापकोटाले प्रायोजन गरेकी छिन् l
कार्यक्रमका अनेसासका अध्यक्ष बासु शर्माले पुरस्कारको घोषणा गर्नु अघि अध्यात्मिक गायिका आनी छोईङ्गको अत्यन्तै लोकप्रिय ‘फुलको आँखामा फूलै संसार’ गीत गाएका थिए । उनकै शब्दमा बनेको गीतमा गायक रबिन भण्डारीले गीत गाएर माहौल जीवन्तता तुल्याए l  कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने  शुभकामना मन्तब्य राखेका थिए l
उक्त कार्यक्रममा महेन्द्र चालिसे, सिताराम सुबेदी, बाल जोशी, ज्ञानेश्वर अमात्य, बासु अधिकारी, पवन लामिछाने, बेदनिधि दाहाल, युवराज खाती, रन्जु मार्ग, निर्मला राई र धनन्जय ढकालले रचना पाठ गरेका थिए l
उक्त कार्यक्रमका प्रमुख अतिथि सुमिरन सापकोटाले आफु गौरन्वान्वित हुँदै कार्यक्रम गर्न पाएकोमा हर्ष व्यक्त गरे l महानन्द सापकोटाको जीवनी बारे निर्मल राईले प्रकाश पारेकी थिइन् l कार्यक्रममा कपिल अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने संचालन सुमन कार्कीले गरेका थिए । त्यस अवसरमा साहित्कार प्रभात दिक्षितले स्रष्टाको बारेमा प्रकाश पारेका थिए l

Post Comment