सेलेना गोमेजलाई आफ्नै साथिले मृगौला दान गरिन्

सेलेना गोमेजलाई  आफ्नै साथिले मृगौला दान गरिन्
मनोरन्जन

पपस्टार सेलेना गोमेजले आफूलाई आफ्नै नजिककी साथीले मृगौला दान गरेको खुलासा गरेकी छिन् । बिहीबार इन्स्टाग्राममा अस्पतालको ओछ्यानमा साथी फ्रान्सिया राइसासँग हात समातिरहेको तस्बिर सार्वजनिक गर्दै सेलेनाले उक्त खुलासा गरेकी हुन् । सेलेना गोमेजले पछिल्लो समय मृगौलामा लागेको रोगका कारण नै म्युजिक भिडियोको प्रमोशनमा लाग्न नपाएको बताएकी छिन् । गोमेजले आफ्नो मृगौला प्रत्यारोपण कहिले र कहाँ भएको भन्ने कुरा नबताए पनि उनले आफ्नो उपचारमा संलग्न चिकित्सकको समूह र साथी राइसालाई धन्यवाद दिएकी छिन् । उनले आफ्नो सम्पूर्ण स्वास्थ्यको सुधारका लागि मृगौला प्रत्यारोपण गर्नु परेको बताएकी छिन् ।

गोमेजले आफ्नो मृगौलामा समस्या रहेको कुरा सन् २०१५ को ‘द इलेन शो’ मा बताएकी थिइन् । अमेरिकी टेलिश्रृङ्खला ‘द सिक्रेट लाइफ अफ् द अमेरिकी टिनएजर’ की अभिनेत्री फ्रान्सिया राइसालाई धन्यवाद दिँदै गोमेजले भनेकी छिन्, ‘उनले आफ्नो मृगौला दिएर मलाई ठूलो गुन लगाएकी छिन् । उनले मलाई जीवन दान नै दिएकी छिन् ।’

‘गुड फर यु’, ‘सेम ओल्ड लभ’, ‘कम एण्ड् गेट इट’ जस्ता चर्चित गीतहरु गाएकी गोमेज सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । उनलाई सन् २०१८ मा रिलिज हुन लागेको वुडी एलेनको चलचित्रमा अनुवन्ध गरिएको छ । कुनै समय क्यानेडियन पपस्टार जस्टिन बिबरसँगको अफेयरमा रहेकी गोमेज पछिल्लो सयम भने गायक द विकेन्डसँगको डेटमा रहेको बताइन्छ ।

Post Comment