अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा परराष्ट्र मन्त्रालय र न्युर्योकस्थित स्थायी नियोगको कमजोरीका कारण उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महारा ‘अपमानित’ भएको खुलेको छ ।
राष्ट्रपति ट्रम्पले मंगलबार आयोजना गरेको रात्रिभोज प्रधानमन्त्री शेरबहादुर देउवा सहभागि हुन नसक्ने भएपछि प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै उपप्रम महरा जान खोज्नुभएको थियो । त्यसको तयारी पुरा भएको भन्दै न्युर्योक मिसन प्रमुख दुर्गाप्रसाद भट्टराईसहितका परराष्ट्रका अधिकारीले भनेपछि उहाँ रात्रिभोजमा सहभागि हुन जानुभएको थियो ।
जव परराष्ट्रमन्त्री महरा सरकार प्रमुख देउवालाई पठाएको रात्रिभोजको निमन्त्रणा पत्र र आफ्नो राहदानीसमेत बोकेर रात्रिभोज स्थलतर्फ लाग्नुभयो, उहाँलाई त्यहाँका सुरक्षाकर्मीले रोके । त्यसपछि मिसन र परराष्ट्रका अधिकारीले महरालाई सुरक्षा ढोकामै आघा घण्टा सम्म कुर्न लगाए, उहाँ आधा घण्टासम्म देउवाको नाममा आएको पत्र र राहदानी बोकेर बसिरहनुभयो ।
न्युर्योकस्थित मिसनले रात्रिभोजमा प्रधानमन्त्री सरिक हुन नसक्ने र प्रधानमन्त्री सट्टामा परराष्ट्रमन्त्री सहभागि हुने पत्राचार गर्न नसक्दा महारा बिश्वमा सामु अपमानित हुनुभएको हो । आधा घण्टासम्म गेटमा कुर्दा पनि भित्र छिर्न नपाएपछि महरा फर्कनुभएको श्रोतले बताएको छ ।
रात्रिभोजमा सहभागि राष्ट्रको प्रतिनिधित्व हुँदा नेपालको भने सहभागिता थिएन । सहभागिताको व्यवस्था समयमै मिलाउन नसक्नु मिसन र परराष्ट्रको कमजोरी त थियो नै, उपप्रधानमन्त्री महरासमेत परराष्ट्रका कमजोरीका कारण सबैका सामु ‘अपमानित’ हुनुभएको हो ।
मिसन प्रमुख भट्टराई र परराष्ट्रका अधिकारीले आफैले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति ट्रम्प नै आधा घण्टा ढिलो आएकाले सहभागि हुन नसकेको भन्दै गलत प्रचार गरेको समेत खुलेको छ । महासभामा सहभागि हुन आएका सरकार प्रमुख र प्रतिनिधिमण्डललाई अमेरिकी राष्ट्रपतिले रात्रिभोज दिने निर्धारित कार्यक्रम नियमित हो ।
आफ्ना कमजोरी लुकाउन मिसन र परराष्ट्रका अधिकारीले राष्ट्रपति ट्रम्प नै आधा घण्टा ढिलो आएको भन्दै गलत सुचना प्रवाह गरेका थिए । त्यतिमात्र होइन, न्युर्योक मिसनले रात्रिभोजमा उपप्रधानमन्त्री महराको सहभागिता र राष्ट्रपति ट्रम्पसँगको भेटवार्ता समेत शुरुमा गलत सुचना प्रवाह गर्यो । मिसनद्वारा पहिला जारी गरिएको बिज्ञप्तीमा महराले राष्ट्रपति ट्रम्पसँग भेटेको कुरा उल्लेख थियो, तर पछि अर्को बिज्ञप्तीमा त्यसलाई हटाइएको थियो ।
चक्रपथबाट