चीनद्वारा उत्तर कोरियासँगको व्यापारमा कटौती,इन्धन प्रतिबन्ध अक्टोबरबाट

चीनद्वारा उत्तर कोरियासँगको व्यापारमा कटौती,इन्धन प्रतिबन्ध अक्टोबरबाट
अन्तर्राष्ट्रिय समाचार

चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त मुलुकबाट आफूले गर्ने कपडाको आयात आजबाट बन्द गर्ने घोषणा गरेको छ।

साथै चीनले उत्तर कोरियालाई बेच्दै आएको इन्धनको आपूर्ति क्रमश: बन्द गर्दै जाने भएको छ।

११ दिनअघि संयुक्त राष्ट्रसंघले पारित गरेको नयाँ प्रतिबन्ध अनुसार पछिल्लो चिनियाँ घोषणा आएका छन्।

बेइजिङ्ले दुई मुलुकबीचको सीमाबाट अवैध रुपमा कपडाहरुको चोरीनिकासी नहोस् भनेर सुनिश्चित गर्नुपर्नेछ।

उत्तर कोरियाको आम्दानीको दोस्रो प्रमुख आधार कपडाको विक्री हो।

प्रतिबन्धपछि प्योङ्याङ्ले वार्षिक ७० करोड डलर गुमाउने बताइएको छ।

इन्धनमाथिको प्रतिबन्ध भने अक्टोबर १ बाट शुरु हुने बताइएको छ।

प्राकृतिक ग्यासमाथिको प्रतिबन्ध भने तत्काल लागू हुनेछ।

चीनबाट उत्तर कोरियाले दैनिक ६ हजार ब्यारेल इन्धन आयात गर्ने गरेको अनुमान गरिएको छ।

एक ब्यारेलमा करिब १५९ लिटर हुन्छ।

तर सन् २०१४ यता चीनले आफ्नो इन्धन निर्यातबारे विवरण प्रकाशन गरेको छैन।

Post Comment