प्रचण्डलाई मधेशी मोर्चाले मतदान गर्ने ।

समाचार

Untitled-1 copy

काठमाडौं, साउन १८ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मतदान गर्ने भएको छ ।मोर्चा र केन्द्र तथा नेपाली काँग्रेसबीच आज तीन बुँदे सहमतिमा हस्ताक्षर भएको हो । तीन दलको संयुक्त बैठकबाट मधेसी मोर्चाले उठाउँदै आएका मागहरुको तत्काल सम्बोधन गर्ने, संविधान संशोधन सहमतिको आधारमा गर्ने र प्रचण्डलाई प्रधानमन्त्रीमा सघाउने समेत गरी तीन बुँदे सहमति भएको हो । सहमति पत्रमा कांग्रेसको तर्फबट सभापति शेरबहादुर देउवा, माओवादीका तर्फबाट प्रचण्ड र मधेसी मोर्चाको तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।