बाराको बारागढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवदत्त बथार थारु विजयी भएका छन् ।
थारुले २६१८ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी लक्ष्मीदेवी राय २५८० मत ल्याएर विजयी भईन् ।
योसँगै असोज २ गते भएको प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो ।
घोषित परिणामअनुसार नेपाली कांग्रेस ३९, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् ।
त्यसैगरी नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।
अब जम्मा तीन स्थानीय तहको मात्र अन्तिम परिणाम आउन बाँकी छ ।
परिणाम आउन बाँकी स्थानमा पर्साको वीरगन्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र सप्तरीको राजविराज नगरपालिका रहेका छन् । ती स्थानमा मतगणनाको काम भइरहेको छ ।