पर्वत राप्रपाद्वारा उम्मेदवार सिफारिस

राजनीति

फलेवास (पर्वत) – राप्रपाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी सिफारिस गरेको छ ।

राप्रपाको कुश्माबजारमा आज ससम्पन्न भेलाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैका लागि सिफारिस टुंगो लगाएको हो । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य इच्छाबहादुर गुरुङ तथा समानुपातिकतर्फ ठाकुरप्रसाद भुसाल, दुर्गाप्रसाद श्रेष्ठ र गंगे दमाईंलाई सिफारिस गरिएको छ ।

दुई क्षेत्र रहेको पर्वतमा प्रदेश कतर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य धरमकुमार गुरुङ र प्रदेश क्षेत्र खतर्फ प्रत्यक्षमा जिल्ला अध्यक्ष नारायणदत्त भुसाललाई निर्विरोध सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र कबाट प्रदेशसभाको समानुपातिकमा ठाकुरबम मल्ल र मानकुमारी गिरी तथा क्षेत्र खबाट प्रदेशसभा समानुपातिकका लागि रेनुका बस्याल, तिलप्रसाद शर्मा पौडेल र राधादेवी भुसाललाई सिफारिस गरिएको राप्रपाका अध्यक्ष नारायणदत्त भुसालले जानकारी दिए ।

हिन्दू राष्ट्रको माग

हिन्दू राष्ट्र कायम राख्न माग गर्दै राप्रपाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ ।

मुलुकमा धर्मनिरपेक्षताको आडमा हाल पनि योजनाबद्ध र संगठित रुपले लोभलालच, त्रास र भ्रम सिर्जना गरी लाखौँ नेपालीको धर्म परिवर्तन गराउने खेल भएको भन्दै नेपाललाई हिन्दू राष्ट्र नै बनाउनुपर्ने राप्रपाको माग छ ।

Post Comment