माओवादीले ८ र काँग्रेसले १३ मन्त्रालय सम्हाल्ने ।

समाचार

image

काठमाडौं, साउन २० । नेपाली काँग्रेसले १३ र नेकपा माओवादी केन्द्रले ८ वटा मन्त्रालय लिने भाडवण्डा मिलाएका छन् । आज बानेश्वरमा भएको दुई दलका शीर्ष नेताको वार्ताले मन्त्रालय भागवण्डामा समझदारी तय गरेको हो ।

सरकारको नेतृत्वकर्ता दल माओवादीको भागमा अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, शिक्षा, युवा तथा खेलकुद र कानुन मन्त्रालय परेको छ । आठौं मन्त्रालय महिला बालबालिका तथा समाज कल्यण हुन सक्ने बताइएको छ ।

सरकारको प्रमुख घटक कांग्रेसले गृहसहितका १३ मन्त्रालय लिनेछ । कांग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास, पर्यटन लगायतका मन्त्रालय परेको छ ।