नेपाली लोक दोहोरीमा आफ्नै छुट्टै पहिचान बनाएकी लोक गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यो चोलीमा प्रस्तुत भएकी छन। रामबजार युथ क्लव द्दारा आयोजित ५ औ सँस्करणको रामबजार महोत्सवको अन्तिम दिनमा आफ्ना कला र गायन प्रस्तुत गर्न ज्योती मगर गुन्यो चोलीमा प्रस्तुत भएकी थिइ्न्।
अरुको दिनको दोहोरीको तुलनामा कम सङ्ख्यामा देखिने महोत्सवमा ज्योती मगर आउने भए पछी दर्शकहरुको भिड निकै देखिएको थियो। तोकिएको समय भन्दा निकै ढिला आएकि ज्योती स्टेजमा आउन साथै ममहोल नै फेरियो । संधै
छोटा छोटा कपडा लगाएर खुल्ने गरेकी ज्योतीलाई गुन्यो चोलीमा देख्दा धेरैले जिब्रो टोक्ने देखी कानेखुसी गर्न समेत भ्याएका थिए ।