हिलारी क्लिन्टनले हार्न सक्ने तीन कारण ।

समाचार

images

२१ साउन, काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको लागि उमेदवार बनेकी हिलारी क्लिन्टनले इतिहास बनाएकी छिन् । अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो महिला हुन् ।  तर राष्ट्रपति बन्ने समयसम्म उनको यात्रामा धेरै बाधा रहेका छन् । हालै भएको भोटिङका अनुसार हिलारी महिला तथा अल्पसंख्यक मतदाताबीच लोकप्रिय छिन् । यसले उनको चुनावी मैदानमा सहयोग गर्ने देखिएको छ । तर, चुननाव जिते ग्यारेन्टि भने छैन।

१. ट्रम्पसँगको मुकाविला

हिलारीको सामुन्ने कडा प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प छन् । उनको सन्देश स्पस्ट छ , अमेरिकालाई फेरी महान बनाउँने ।
हिलारी क्लिन्टनका समर्थक भन्छन् हिलारीमा अनुभव एवं योग्ता छ । तर बाँकी मानिसको प्रमुख प्रश्न जवाफदेहिता रहेको छ ।

२. हिलारी क्लिन्टन तथा विवाद

डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा मानिसहरुले उनको समर्थन गरे । तर पूरै अमेरिकामा उनको उमेदवारीको पक्षमा नागरिकहरु छैनन् । उनीहरु क्लिन्टनलाई रुचाउँदैनन् ।  हिलारीलाई इमेल तथा लीविया विवादका कारण केही अमेरिकी मतदाताले विश्वास गर्ने गरेका छैनन् ।

३.इतिहास

परम्परा पनि हिलारी क्लिन्टनको पक्षमा देखिएको छैन । अमेरिकाको इतिहासमा कुनै पनि पार्टी लगातार तेस्रोपटक राष्ट्रपति निर्वाचनमा सफल नभएको बीबीसीले उल्लेख गरकेो छ । यस्तो अन्तिम पटक सन् १९८८ मा भएको थियो । रिपब्लिकनले तेस्रोपटक जीत निकालेको थियो । र, जर्ज डब्ल्यू बुश राष्ट्रपति बनेका थिए ।