अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा चलचित्र ‘पञ्चायत’ उत्कृष्ट घोषित भएको छ । चलचित्रकी अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । फेस्टिभलमा विश्वका २ सय १६ चलचित्रहरु सहभागी थिए ।
फागुन १७ गते रिलिज टार्गेट गरेको ‘पञ्चायत’लाई रवि अधिकारी, गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीले संयुक्त रुपमा निर्माण गरेका हुन् । शिवम अधिकारीको निर्देशन रहेको यस चलचित्रमा सरोज खनाल र नीता ढुङगानाको मुख्य भूमिकामा रहेको छ । रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन छ ।
कार्यकारी निर्माता रवि अधिकारी हुन् ।