अमेरिका सपनाले किशोरकिशोरीहरुले अवैध बाटो रोज्न थालेको समाचार कान्तिपुर दैनिकले लेखेको छ ।
कान्तिपुर दैनिकका अनुसार, हवाई, जल र स्थल मार्ग भएर अवैध रुपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी दूतावासले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरुमा किशोरकिशोरी रहेकेा जानकारी नेपाली दूतावासलाई दिएको छ ।
आठ नौ कक्षा पढेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो