टेक्सास गोलीकान्डपछि राष्ट्रपति ट्रम्पले भने-“हाम्रो देशमा मानसिक स्वास्थ्यको ठूलो समस्या छ”

टेक्सास गोलीकान्डपछि राष्ट्रपति ट्रम्पले भने-“हाम्रो देशमा मानसिक स्वास्थ्यको ठूलो समस्या छ”
अमेरिका

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या होइन भनेका छन् ।

टेक्सासमा आइतबार बिहान भएको गोलीकान्डपछि प्रतिक्रिया दिँदै उनले अमेरिकामा हतियार समस्या नभएको कुरा बताएका हुन् । उनले भने, ‘यो गोलीकान्डमा हतियारको समस्या होइन अमेरिकी नागरिकमा रहेको मानसिक स्वास्थ्य प्रमुख समस्या हो ।’

हाम्रो देशमा मानसिक स्वास्थ्यको ठूलो समस्या छ, यस्तो गोलीकान्डमा पनि हतियार होइन कि मानसिक स्वास्थ्य प्रमुख समस्या हो ।

उनले मानसिक रोगीहरुले नै अमेरिकामा गोली चलाउने र सर्वसाधारणको हत्या गर्ने गरेको बताएका हुन् । यसअघि पनि उनले हतियारमात्र अमेरिकाको समस्या हो भन्नु गलत हुने धारणा राखेका थिए ।

प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्यान्ड स्प्रिंगस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी हत्याकान्ड भएको बताइएको छ ।

यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नंरसहार भनिएको छ । उक्त दुर्घटनामा २६ जना मारिएका छन् भने अरु २० जना नराम्रारी घाइते भएका बताइएको छ ।

आइतबार बिहान एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । उक्त हत्यापछि सो बन्दुकधारीको पनि मृत्यु भएको छ । तर, उसको पहिचान भने भएको छैन ।

Post Comment