गर्भवती महिलाको रेखदेख अब मोबाइलबाट

समाचार

यदि तपाईं गर्भवती भएको छु भन्ने लागेमा सबैभन्दा पछिल्लो महिनावारीको मितिसहित आफ्नो नाम र ठेगानालाई नजिकैको सूचना केन्द्र वा स्वास्थ्य केन्द्रमा गई www.amayakomaya.com  भन्ने वेबसाइटमा दर्ता गर्नुहोला । यो वेबसाइटमा राख्नुभएको प्रयोगकर्ताको युजर नाम र पासवर्डको नम्बर याद गर्नुहोला ।

यस वेबसाइटबाट तपार्इंको गर्भ रहेको तीन महिनाभित्रमा तपाईंलाई एक भिडियो, एक अडियो र पढ्ने सामग्री उपलब्ध गराइनेछ । साथै टेक्स्टमा तपाईंको गर्भमा तपाईंको शिशु कसरी बढिरहेको छ, र उसको राम्रो वृद्धिका लागि तपाईंले के के गर्नुपर्छ भन्ने जानकारी दिइएको हुन्छ ।

तपाईंको शरीर र व्यवहारमा के के परिवर्तन आउँछन् भन्ने कुरा तपाईं थाहा पाउनुहुनेछ । त्यसपछि गर्भ रहेको सात महिनासम्म हरेक १५, १५ दिनमा तपाईंले नयाँनयाँ खबर पाउनुहुनेछ । सात महिनापछि ३८औँ हप्तासम्म नयाँ नयाँ खबर हप्तैपिच्छे आइरहन्छ ।

साथै, हरेक खबर सुनिसकेपछि प्रश्न र उत्तर भन्ने पेजमा गएर ‘हामीले सोधेका प्रश्नको उत्तर दिनुहोला’ र त्यसपछि तपार्इं ‘चिकित्सकलाई सोध्न चाहने कुनै जिज्ञासा भए प्रतिक्रिया’ भन्ने पेजमा जानुहोला र लेख्नुहोला ।

यो एउटा श्रव्य सामग्री हो । गर्भ बसेको छ भन्ने लागेका महिलालाई सुनाउन स्वास्थ्य स्वयम्सेविका मोबाइल बोकेरै घर–घरमा पुग्छन् र जानकारी दिन्छन् ।

गर्भवती महिलाले घरमै बसेर आफ्नो गर्भको बच्चाको अवस्था कस्तो छ अनि कुन बेलामा कस्तो खानेकुरा खानुपर्छ र कस्तो सावधानी अपनाउनुपर्छ भन्ने कुरा थाहा पाउने प्रविधि चितवन बछौलीमा झुवानी सामुदायिक पुस्तकालयले भित्र्याएको छ ।

‘आमाको माया’ नामक मोबाइल फोन एप्लिकेसनमार्फत यस्तो जानकारी गर्भवती आमाले पाउँछन् ।

यस्तो जानकारी पाउन गर्भवती भएजस्तो लागेका महिलाले धधध।बmबपयmबथब।अयm मा जानुपर्छ । घरमै इन्टरनेट सुविधा छ भने यो काम घरबाटै गर्न सकिन्छ । घरमा यस्तो सुविधा छैन भने आफूलाई पायक पर्ने सम्बन्धित सूचना केन्द्र वा स्वास्थ्य केन्द्रमा जानुपर्छ ।

त्यहाँ आफूलाई महिनावारी भएको सबैभन्दा पछिल्लो मिति, आफ्नो नाम र ठेगाना वेबसाइटमा दर्ता गराउनुपर्छ । दर्ता गराएका महिलालाई गर्भ रहेको तीन महिनाभित्रमा एउटा भिडियो, एउटा अडियो र एउटा लिखित जानकारी वेबसाइटबाट पठाइन्छ ।

यसबाट गर्भवती महिलाले सो अवधिमा गर्भमा शिशु कसरी बढ्छ र बच्चा राम्ररी बढोस् भन्नाका लागि आमाले के–के गर्नुपर्छ, आमाको शरीर र व्यवहारमा के–के परिवर्तन आउँछन् भन्ने कुरा थाहा पाउँछन् ।

त्यसपछि गर्भ रहेको सात महिनासम्म हरेक १५–१५ दिनमा नया“–नया“ खबर पाइन्छ । सात महिनापछि ३८औ“ हप्तासम्म हप्तैपिच्छे नया“–नया“ खबर पाइन्छ । गर्भवती महिलाले महिनावारी रोकिएपछि बच्चा नजन्म“दासम्मका सबै प्रक्रियासम्बन्धी जानकारी पाउ“छन् ।

यस्तो खबर पाइसकेपछि वेबसाइटमा प्रश्न र उत्तर भन्ने पेजमा गएर सोधिएका प्रश्नको जवाफ दिनुपर्छ । चिकित्सकलाई केही कुरा सोध्न मन लागेको भए प्रतिक्रिया भन्ने पेजमा गएर प्रश्न लेख्नुपर्छ ।

कम्प्युटर इन्जिनियर राजेन्द्र पौडेलले बनाएको यो प्रविधि चितवन, काठमाडौँ, मकवानपुर, नुवाकोट र रसुवाका केही भेगमा प्रयोग भइरहेको छ ।

यस प्रविधिलाई प्रयोग गर्न सजिलो बनाउन चितवनको बछौलीमा नौजना स्वास्थ्य स्वयम्सेविकालाई इन्टरनेटको सुविधा भएको मोबाइल फोन दिइएको छ । गर्भ बसेको शङ्का लागेका महिलालाई यस्तो जानकारी दिन स्वास्थ्य स्वयम्सेविकाहरू मोबाइल फोन बोकेर उनीहरूको घर–घरमा पुग्छन् ।

स्वयम्सेविकाहरू घर–घरमा पुगेर गर्भवती महिलाको अवस्थासम्बन्धी जानकारी मोबाइल फोनमार्पmत कन्ट्रोल कÔमा पठाउ“छन् । त्यहा“बाट गर्भ रहेको कति हप्तामा शिशु र आमाको अवस्था कस्तो हुन्छ भन्ने जानकारी स्वयम्सेविकामार्फत गर्भवती महिलालाई पठाइन्छ ।

आफूले पाएका जानकारी र आफ्नो अवस्था मिलेन र समस्या देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा जान सोही प्रविधिमार्फत सूचना दिइन्छ ।

अर्चना रिमाल महिला स्वास्थ्य स्वयम्सेविका हुनुहुन्छ । उहाँ हालै आरती महतोलाई भेट्न जानुभयो । उहाँकोे गर्भ रहेको ३३ हप्ता पुगेको छ ।

अर्चनाले आरतीलाई यतिबेला बच्चाका सबै अङ्ग बनिसकेको हुन्छ भनी देखाइएको भिडियो मोबाइल फोनमार्फत देखाउनुभयो । “अबको दुई हप्तापछि तपाईंको बच्चाले आमाले बोलेको सुन्न सक्छ । त्यतिबेला उसलाई रमाइलो गराउनुपर्छ” – अर्चनाले आरतीलाई सम्झाउनुभयो ।

आरतीको यो दोस्रो गर्भ हो । उहाँको पहिलो बच्चा अभिÈेक गर्भमा छ“दा आरतीलाई गर्भमा बच्चा कतिबेला कस्तो हुन्छ भन्ने कुरा थाहा थिएन । त्यतिबेला केही समस्या पर्दा पनि उहाँ कसैलाई भन्नुहुन्थ्यो । अहिले गर्भको बच्चासम्बन्धी सबै जानकारी पाउ“दा र समस्या पर्दा सल्लाह दिने ठाउ“ पाउ“दा उहाँ खुसी हुनुहुन्छ ।

“हरेक हप्तामा नया“ खबर आइपुग्छ । उहा“ले मलाई मोबाइलमा देखाउनुहुन्छ” – आरतीले भन्नुभयो ।

उहाँले यही तरिकाले गर्भमा रहेको बच्चाका बारेमा धेरै कुरा थाहा पाउनुभयो । सुरुमा बच्चा तिलको गेडोजत्रो हुन्छ । पै“तीस हप्तापछि बच्चाले देख्न र सुन्न सक्छ । यसबेलामा गीत गाउ“दा, रमाइलो गर्दा बच्चा खुसी हुन्छ । सडतीस हप्तामा बच्चा जन्मने बेलामा उसको टाउको फर्किन्छ ।

“मोबाइलमा भिडियो हेर्दा आफ्नो बच्चा पनि यस्तै होला भन्ने लाग्छ र खुसी हुन्छु । पहिलो बच्चा गर्भमा हु“दा स्वास्थ्य संस्था गइन“ । अहिले बेलाबेलामा जान्छु । सरसफाइ र खानपिनमा पनि ध्यान दिएकी छु” – आरतीले भन्नुभयो ।

स्वास्थ्य स्वयम्सेविका अर्चना वसन्ती महतोको घरमा जानुभयो । वसन्तीले हालै बच्चा जन्माउनुभएको छ । बच्चाको अवस्था के छ भनेर बुझ्ने कामको जिम्मा पनि पुस्तकालयले अर्चनाजस्ता स्वयम्सेविकालाई दिएको छ । वसन्तीको बच्चा तन्दुरुस्त थियो । बच्चा गर्भमा रह“दा आफूले थाहा पाउनुपर्ने कुरा मोबाइलमार्फत थाहा पाएकामा उहाँ खुसी हुनुहुन्छ ।

वसन्तीकी सासू शुक्रमिया“ महतोले आठ सन्तान जन्माउ“दा यस्तो कुरा थाहा पाउनुभएन । अहिलेका आमाले यी सबै कुरा थाहा पाएकामा उहाँ खुसी हुनुहुन्छ ।

अर्चनाले साविकको बछौली गाविसको वडा नम्बर ९ का सबै गर्भवती हेर्नुहुन्छ । उहाँले त्यहा“का २४ जना गर्भवती महिलालाई मोबाइलमार्फत यस्तो जानकारी दिँदै आउनुभएको छ । तीमध्ये २० जना सुत्केरी भइसके । आमा र बच्चाको ज्यान जोखिममा नपरोस् भनेर उहाँहरूले अस्पतालमै सुत्केरी गराउनुभयो ।

अर्चनाजस्ता स्वयम्सेविकाले आफ्नो ठाउ“का गर्भवती महिलासम्बन्धी जानकारी मोबाइल फोनबाटै सर्भरमा पठाउ“छन् । “यस्तो जानकारी केन्द्रमा पुग्छ । आमा र बच्चाको अवस्था ठीक छैन जस्तो लागेमा तुरुन्तै चिकित्सककहा“ जान सल्लाह दिइन्छ” – पुस्तकालयका अध्यÔ केशवराज आचार्यले भन्नुभयो ।

यस अभियानअन्तर्गत बछौलीका ९४ जना गर्भवतीसम्बन्धी जानकारी रेकर्ड गरिएको छ । नया“ गर्भवती दर्ता हुने क्रम जारी छ । यस वर्Èको सुरुदेखि उक्त कार्यक्रममा अहिलेसम्म एकजना पनि गर्भवती र बच्चा तलमाथि भएको छैन ।

“यो प्रविधि देशैभर उपयोग हुन सके मातृ तथा शिशु मृत्युदर घट्छ,” बछौलीका समाजसेवी मीनप्रसाद सापकोटा भन्नुहुन्छ, “सरकारले पनि यसमा ध्यान दिनुपर्छ ।” रासस

Post Comment