अमेरिकी राष्ट्रपति बिरुद्ध नेपाली मुस्लिम सडकमा उत्रिए,नवलपरासीमा ट्रम्पको पुत्ला जलाइयो

अमेरिकी राष्ट्रपति बिरुद्ध नेपाली मुस्लिम सडकमा उत्रिए,नवलपरासीमा ट्रम्पको पुत्ला जलाइयो
समाचार

नवलपरासीमा मुस्लिम समुदायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुतला दहन गरेका छन् । राष्ट्रपति टम्पविरुद्ध नारा लगाउदै जिल्लाको सदरमुकाम परासीमा विरोध प्रर्दशन गर्दै पुतला दहन गरेका हुन् ।

फिलिस्तिनमा रहेको ईस्लाम धर्मको पवित्र धार्मिक स्थल बैतुल मोकद्दस (मस्जिदे अक्शा) लाई अमेरिकी राष्ट्रपति ट्रम्पले कब्जा गर्दै फिलिस्तीनी सरकारकोे राजधानी बनाउन खोजेकोमा नेपालका मुस्लिमहरुले भत्र्सना गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

बैतुल मोकद्दस (मस्जिदे अक्शा) ईस्लामको उच्च ओहदाको एक भाग्नावशेष अर्थात पवित्र मस्जिद हो । यसै मस्जिदबाट नै ईस्लाम धर्मको धर्म गुरु पैगम्बर हुजुर मोहम्मद सलल्लाहो अलैहे वसल्लसम, अल्लाह तआलालाई भेटन गएका थिए । पैगम्बरको पालामा विश्वभरिका मुस्लिमहरु यसै मस्जिद तर्फ आफनो अनुहार फेरि नमाज पढने गर्दथे त्यसकारण ईस्लाम धर्ममा यस मस्जिदको उच्च ओहदा रहेको धर्मावलम्बीहरु बताउँछन् ।

शुक्रबार फैजाने अहले बैत संस्था नवलरासीको आयोजनामा जिल्ला भरिका मुस्लिमहरु जुटी  अमेरिकी राष्ट्रपति ट्रम्पको पिलिस्तीनी यहुदी सरकारको राजधानी बनाउने घोष्णा प्रति विरोध जनाउदै  जिल्ला प्रंशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

परासी मस्जिद टोलबाट निकालिएको विरोध ¥याली लोकतान्त्रिक चोक, बुद्धचोक, जिल्ला प्रशासन चोक हुदै पुनः बुद्धचोक स्थित कोणसभामा परिण भएको थियो । सभामा वक्ताहरुले विश्वभरि यसको विरोध भईरहेको बेला नेपलाी मुस्लिमहरु यसको विरोधमा उत्रिन आग्रह गरेका थिए ।

 

Post Comment