‘मेरो टिप्पणी ट्रम्प पुत्रप्रति लक्षित थिएन’

‘मेरो टिप्पणी ट्रम्प पुत्रप्रति लक्षित थिएन’
समाचार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसम्बन्धी एउटा विवादास्पद पुस्तकमा एकजना पत्रकारसँग गरेको उत्तेजनात्मक टिप्पणीबारे उनका पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले स्पष्ट पारेका छन्।

माइकल वूल्फको नयाँ पुस्तक ‘फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’मा आरोपहरू लगाइएका हुन्।

उनले सन् २०१६ को जुन महिनामा ट्रम्पका छोरा र रूसीहरूको एउटा समूहबीच भएको भेटघाटलाई उल्लेख गरेका हुन्।

तर आइतवार ब्याननले आफ्नो भनाइ ट्रम्पका पूर्व सहयोगी पल म्यानफोर्टप्रति लक्षित भएको बताए।

सिनेट, हाउस अफ रेप्रेजेन्जेटिभ्स र एउटा विशेष समितिले पनि अमेरिकी राष्ट्रपतीय चुनावमा रूसले गरेको भनिएको हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन्।

क्रेम्लिन र राष्ट्रपति ट्रम्प दुवैले ती आरोपहरु अस्वीकार गर्दै आएका छन्।

एक्सिओस समाचार वेबसाइटले पहिलो पटक लेखेको एउटा अभिव्यक्तिमा ब्याननले डोनल्ड जुनिअर ‘एक देशभक्त र असल मान्छे दुवै’ भएको बताएका छन्।

उनले भनेका छन्, “मेरा टिप्पणीहरू पल म्यानफोर्टप्रति लक्षित थिए जो रूस कसरी सञ्चालित हुन्छ भन्नेबारे अनुभव र ज्ञान बटुलेका एक अभियान पेशाकर्मी हुन्। मैले दोहोर्‍याउनुपर्दा ती टिप्पणीहरू डोनल्ड जुनिअरप्रति लक्षित थिएनन्।”

Post Comment