डा. गोविन्द केसी पक्राउ गर्न सर्वोच्चको आदेश

डा. गोविन्द केसी पक्राउ गर्न सर्वोच्चको आदेश
समाचार

सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरूद्द पक्राउ पूर्जी जारी गरेको छ ।

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।

लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए ।

लगतै अदालत प्रशासनले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।

Post Comment