काठमाडौं । धुर्मुश सुन्तलीफाउन्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागी इलिनोइका केहि चन्दा दाता मिलेर करिब तिन लाख रुपिया प्रदान गरेका छन् ।
एन.आर.एन.एन सी.सी. अमेरिकाको हेल्प डेश्कका केन्द्रिय सदस्य तथा एन.आर.एन.इलिनोइ च्याप्टरका संस्थापक अध्यक्ष सुमन वस्तीको पहलमा सो रकम उठाइएको हो । केहि अनलाइन पत्रिकामा सो प्रोजेक्टमा रकम अभाव भएको पढे पछि चिन्तित भएर फाउन्डेसनका सिताराम कट्टेल “धुर्मुश” संग सम्पर्क गर्दा सो समाचार पुष्टि गरे पछि तत्काल केहि साथीभाईहरु संग सल्लाह गरि छोटो समयमा नै सो रकम उठाइएको कुरा बताउदै धुर्मुश सुन्तलीले गरेका कामहरु आज सम्म अत्यन्त पारदर्शी भएको र भनेको समयमा प्रोजेक्ट सकेर हस्तान्तरण गरेको ट्रयाक रेकर्डको आधारमा उनीहरुलाई सहयोगको एउटा सानो प्रयाश गरिएको कुरा वस्तीले बताउनु भयो । सो चन्दा रकम उठाउन सिकागोका स्थानिय समाजसेवी बिदुर प्रसाद अधिकारीले पनि सहयोग गर्नु भएको थियो ।
समाज सेवाको नाममा “श्रीपेच” लगाएर बस्नु भन्दा समाजले महसुस गर्न सक्ने गरि सानै भए पनि सहयोग गर्न सकेकोमा आफुलाई खुशी लागेको कुरा अधिकारि बताउनु हुन्छ । इलिनोइका एन.आर.एन.र केहि शुभचिन्तकहरुले प्रदान गरेको अमेरिकी डलर ३१२४ (तिन हजार एक सय चौबिस ) धुर्मुश सुन्तली फाउन्डेसनलाइ पठाउदा लागेको खर्च स्थानिय ब्यबसायी बुद्धीलाल चौधरी र समाजसेवी बिदुर अधिकारीले संयुक्त रुपमा तिरी दिनु भएको थियो ।
धुर्मुश सुन्तली फाउन्डेसनलाइ सो रकम चितवन को.ई.प्राली काठमाण्डु का दिनेश वस्तीले चन्दादाताका तर्फ बाट हस्तान्तरण गर्नु भएको थियो । सो रकम बुझ्दै धुर्मुश सुन्तली फाउन्डेसनका सिताराम कट्टेल “धुर्मुश” ले सम्पुर्ण चन्दादाता प्रति हार्दिक आभार प्रकट गर्नु भएको छ ।
चन्दादाताहरु :
१. सुमन / रन्जना वस्ती – $३००.००
२. बिदुर अधिकारी- $२००.००
३. सलिम खान – $१००.००
४. अबिद अलि – $१००.००
५. बिजया चौधरी- $३५.००
६. देबकान्त चौधरी – $५०.००
७. प्रभुनंद चौधरी – $३५.००
८. अमुक नाम – $१००.००
९. अब्दुल सुल्तनी – $१००.००
१०. शिब पलाँस – $१००.००
११. नारायण खड्का- $७०.००
१२- कृष्ण बहादुर घलान – $४०.००
१३. दिपक क्षेत्री – $१००.००
१४. क्रिश्नानंद मिश्र – $५०.००
१५. राजु मिश्र – $५१.००
१६. मधु सागर पौडेल – $४०.००
१७. भोजराज घिमिरे- $२००.००
१८. हेम बहादुर गुरुङ – $१००.००
१९. स्वेता चौधरी – $३५.००
२०. लाल प्रसाद काफ्ले – $२१.००
२१. राजेश कर्माचार्य – $३००.००
२२. बिराट खड्का- $४०.००
२३. बाला घिमिरे- $१००.००
२४. सुमन श्रेष्ठ – $५०.००
२५. बाबुराम सापकोटा – $५०.००
२६. सत्यनारायण चौधरी – $५०.००
२७. इन्द्रमाया रेग्मी- $५१.००
२८. लक्ष्मण पाण्डे – $२०.००
२९. हिरा/शान्ता अर्याल- $२००.००
३०. रबि/निता बिष्ट : $१००.००
३१. सुदिप अधिकारी – $६०.००
३२. इन्दरकांत चौधरी- $५१.००
३३. टेक बहादुर के.शी. “दिलु” – $२५.००
३४. ऋषि गैह्रे “रिचार्ड” – $२५.००
३५. सरोज कंडेल – $१००.००
३६. डिल्ली फुयाल – $५०.००
३७. विकल पराजुली- $२५.०० (कोलोराडो)