स्पेनिस जायन्ट रियल म्याड्रिड कोपा डेल रेको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । लेगानेससँग अवे गोलमा पराजित भएपछि रियल म्याड्रिडको यात्रा रोकिएको हो । घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको दोस्रो लेगमा लेगानेसले रियल म्याड्रिडलाई २–१ गोलले स्तब्ध बनायो ।
यसअघि लेगानेसको मैदानमा भएको पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो । समग्रमा खेल २–२ गोलको बराबरी बराबरी भएपनि लगानेसले सान्टियागो बर्नाबाउमा गरेको दुुई गोलका कारण कापा डेल रेको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
क्रिष्टियानो रोनाल्डो सहित अन्य केही नियमित खेलाडी बिना नै लेगानेस विरुद्ध उत्रिएको रियल म्याड्रिड ३१ औं मिनेटमा पछि परेको थियो । जावी इरासोको लामो प्रहार गोलमा परिणत हुँदा लेगानेसले पहिलो हाफ अघि सोही अग्रता कायम राखेको थियो ।
४७ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए । तर बेन्जेमाको बराबरी गोल लामो समयसम्म कायम रहन सकेन । ५५ औं मिनेटमा इरासोको पासमा ग्याब्रियल पाइसेसको हेडर गोल पाहुना टोलीको जितमा निर्णाक बन्न पुुग्यो ।
भ्यालेन्सिया पनि सेमिफाइनलमा
डिपोर्टिभो एलभेसलाई टाई ब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै भ्यालेन्सियाले कोपा डेल रेको सेमिफाइनलमा स्थान बनाएको छ ।
पहिलो लेगमा २–१ को जित हात पारेको भ्यालेन्सिया दोस्रो लेगमा भने डिपोर्टिभोसँग २–१ ले पराजित भएपछि खेल टाई ब्रेकरमा पुुगेको थियो ।
डिपोर्टिभोको मैदानमा भएको दास्रो लेगमा मुनिरले ७३ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा सान्टी मिनाले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काएका थिए । ८६औं मिनेटमा रुवेन साब्रिनोले गोल गरेपछि डिपोर्टिभो समग्रमा बराबरी गर्न सफल भयो ।
पेनाल्टीमा भ्यालेन्सिायाका रोड्रिगोल, सान्टी मिना र जोसो गायाले गोल गरेका थिए । डिपोर्टिभोका अल्फन्सो पेड्राजा, हर्नान पेरेज र रुवेन सोब्रिनोको प्रहार विफल भएको थियो ।