बाल्टिमोरमा नेपाल आइडलले धुम मच्चाउंदै

बाल्टिमोरमा नेपाल आइडलले धुम मच्चाउंदै
मनोरन्जन

अमेरिका टुरमा रहेको नेपाल आइडलको टिमले आउंदो आइतबार बाल्टिमोरमा धुम मच्चाउने भएको छ ।

पहिलो नेपाल आइडल बुद्ध लामा तथा फ्रष्ट र सेकेण्ड रनरअप निसान भट्टराई र प्रताप दास सहित स्थानीय कलाकारहरुको उपस्थितीमा बाल्टिमोरमा भव्य सांगितिक कार्यक्रम गर्न लागिएको हो ।

“नेपाल आइडल लाइभ इन कन्सर्ट बाल्टिमोर” नाम दिइएको सो भव्य सांगितिक कार्यक्रमलाई भव्य तथा धमकेदार बनाउन तयारी तिब्र पारिएको आयोजक समुहका सदस्य बिश्व किरण थापाले बताउनुभयो ।

करिब ३ सय भन्दा बढि टिकट अग्रिम बिक्रि भइसकेको छ थापाले टेलिफोनमा भन्नुभयो – “नेपाल आइडलहरुको उपस्थितीमा हुन लागेको कार्यक्रमलाई एतिहासीक बनाउन आयोजक कटिबद्ध भएर लागेको छ ।”

नेपाल आइडलको फाइनल अघि देखि नै सेलिब्रेटी भइसकेका बुद्ध, निसान तथा प्रतापको उपस्थितीमा हुन लागेको कार्यक्रममा बाल्टिमोर क्षेत्रका नेपाली तथा नेपाली भाषीहरुको उल्लेख्य सहभागीता रहने आयोजकले दाबी गरेको छ ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नेपालीहरुको उपस्थिती तथा सहयोगका लागी आयोजकले अनुरोध गरेको छ ।

Post Comment