आईजीपी मापसे कक्षमा

समाचार

upendra aryal

काठमाडौं, साउन २६। महानगरीय ट्राफिक प्रहरी महाशाखामा छड्के जाँचका लागि पुगेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल मापसे कक्षामा सहभागी भएका छन् । ।महाशाखा परिसरको टेन्टमा मादक पदार्थ सेवन गरेर सवारी चालाउनेहरुको कक्षा चलिरहेको थियो । मापसे गरेर सवारी चलाउँदा बढ्ने जोखिमबारे ब्रिफिङ हुंदाहुंदै एक ब्यक्ति टेन्टभित्र छिरे र मापसेकर्ता चालकसंगै कक्षामा सहभागी भए ।

तर, ती मापसे गरेर सवारी चलाएर नियम उल्लघंनकर्ता चालक नभएर प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल थिए जो ट्राफिक महाशाखाको गतिविधीको छड्के निगरानीका लागी आएका थिए । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरोको छड्के निगरानीमा गएका अर्याल मंगलबार रामशाहपथमा रहेको ट्राफिक महाशाखाको गतिविधी हेर्न कार्यालयमा पुगेका थिए । कक्षामा सहभागी हुंदाहुंदै उनले त्यहां सहभागीको गुनासो सुनेका थिए । आइजीसंगै सहभागी एक प्रहरी अधिकारीका अनुसार अधिकांशले मापसेमाथिको कारवाहीको मापदण्ड तोक्न माग गरेका थिए ।