युट्युव मार्फत “तिमी मेरो भ्यालेन्टाइन हुनु” सार्वजनिक (हेर्नुस् गित)

युट्युव मार्फत “तिमी मेरो भ्यालेन्टाइन हुनु” सार्वजनिक (हेर्नुस् गित)
कला - संगीत मनोरन्जन

आउदै गरेको भ्यालेन्टाईन डेको अवसरमा भ्यालेन्टाइन सम्बन्धि गीतहरु सार्वजनिक हुने थालेका छन् ।

यति खेर संगीतकार तथा गायिका रेखा पौडेलको स्वरमा रहेको “तिमी मेरो भ्यालेन्टाइन हुनु’ बोलको गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

युवा गजलकार सुजन “अनिमेष”अधिकारीको शब्द रहेको यस गीतलाई रेखा सगै धिरज भन्डारीले पनि आवाज दिएका छन् ।’प्रेमिल गिटार’ एल्बममा समाबेश यस गीतमा रेखा पौडेलको संगीत तथा सन्तोष प्रगाढको एरेन्ज रहेको छ ।

[youtube https://www.youtube.com/watch?v=bHQIjmyKaS0]

जापानको निकै रमणीय स्थालमा छायांकन गरिएको यस भिडियोमा मोडल मुना सिटौला र शिवराज भट्टराईको अभिनय रहेको छ ।जापानमा नै बसेर मोडल क्षेत्रमा लागेकी मुना सिटौलाले यसै भिडियो मार्फत अभिनयको यात्रा सुरु गरेकी हुन् ।

भिडियोलाई जापानमा नै बसेका निर्देशक रोसन कार्कीले निर्देशन गरेका हुन् ।

कार्कीको नै छायांकन रहेको यस भिडियोलाई प्रेम बलामपकीले सम्पादन गरेका हुन् ।

Post Comment