पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार भारत भ्रमणमा जाने भएका छन् । उनी ओडिसामा रहेको जगन्नाथपुरी दर्शनका लागि भारत जान लागेको स्रोतले बतायो ।
उनलाई त्यहाँका शंकराचार्यले विशेष अनुरोध गरी दर्शनका लागि मुख्य अतिथिका रुपमा राजी गराएको बताइएको छ । पूर्वराजा यसअघि गत पुसको तेस्रो साता भारत गएका थिए ।
शाह उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको विशेष आग्रहमा पुसको तेस्रो साता लखनउ गएका थिए । त्यँही बेला शंकराचार्यले निम्तो दिएका थिए । विशेष आग्रहपछि आदित्यनाथले पनि जोडबल गरेका थिए । त्यसकै कारण पूर्वराजा ओडिसा जान लागेको बुझिएको छ ।
पूर्वराजा सोमबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विमानबाट कोलकाता जानेछन् । सोमबार कोलकातामै रहने छन् । मंगलबार पनि उनी कोलकातामै रहने छन् । बुधबारसमेत उनी कोलकातामै रहने छन् ।
तीन दिनसम्म कोलकातामै रहेर कुनै राजनीतिक छलफल वा भेट नहुने बुझिन्छ । शाहकी फुपु नलिनी उत्तराञ्चलमा रहेकाले भेट हुन सक्ने बुझिएको छ ।
बिहीबार भने पूर्वराजाले गौशाला डब्लु डब्लु डब्लु काउको उद्घाटन गर्ने कार्यक्रम छ । यसमा हरेक राज्यका राजामहाराजाहरुसमेत सहभागी हुनेछन् ।
पूर्वराजाले त्यहाँ वौद्धिक वर्गसंग लञ्चसमेत गर्ने कार्यक्रम छ । यहाँ विशेष राजनीतिक छलफलसमेत हुने बताइन्छ ।
माघ २६ गते बिहिबार मात्र पूर्वराजा शाह जहाजमा भुवनेश्वर गएर जगन्नाथ पुरी दर्शन गर्न जाने कार्यक्रम छ । जनन्नाथ पुरीको कार्यक्रम शुक्रबार र शनिबार रहेको छ ।
एकहप्ता बसाइका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि टेलिफोन वार्ता हुन सक्ने जनाइएको छ ।
धर्मको नाममा राजतन्त्र ब्यूँझाउने खेल
नेपालमा अब कम्युनिष्ट सरकार बन्दैछ । गणतन्त्रमा पनि राजसंस्था स्थायित्व रहने विभिन्न अन्तर्राष्ट्रिय उदाहरणसहितका आवाज आउन थालेपछि अहिले पूर्वराजाको सक्रियता बढेको हो । उनले भारतका प्रभावशाली नेताहरुलाई भेट्ने बुझिएको छ । नयाँ सरकार निर्माणमा ज्ञानेन्द्रको भारत भ्रमणले केही असर पार्ने देखिएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजकाे नेपाल भ्रमणलाइ पनि नेपालमा राजतन्त्र ल्याउन सक्रियता देखाएकाे अाराेप लगाइएकाे छ । भूमिका कसरी दिने र कस्तो प्रकारको दिने भन्नेबारे छलफलमै रहे पनि पूर्वराजसंस्था भित्र्याउन विशेष पहल गर्ने बताइएको छ । नेपाललाई हिन्दू राज्य बनाउनका लागि पनि भारतीय सरकार कस्सिएर लागेको छ । भारतीय सरकारले अहिले राजसंस्था ब्यूँताउन पनि अनेक किसिमका खेलहरु खेलिरहेको बुझिन्छ ।
संघीयताको सकस र यसले निम्त्याउने सकारात्मक भन्दा नकारात्मक सन्देश छर्दै राजसंस्थालाई ठाउँ दिन खोजिएको बताइन्छ । पूर्वराजाको यो भ्रमण कत्तिको फलदायी होला यसको छिनोफानो भोलिका दिनले गर्ने नै छन् । जे हाेस् वास्तविकता लुकाएर लुक्दैन नेपालमा राजतन्त्र फर्काउन ज्ञानेन्द्र सफल भने हुने अवस्था छैन ।
[youtube https://www.youtube.com/watch?v=sPiyiHcmecA]