२७ साउन, काठमाडौं । मधेस आन्दोलनका समयमा भएको व्यक्ति हत्यालाइै समेत आन्दोलनसँग जाडी अपराधी उम्काउने प्रयास गरिरहेको भन्दै पीडित परिवालरले सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गरेका छन् ।
मधेस आन्दोलनको अगुवाई गरेका पर्साका सात राजनीतिक दलले पर्साको प्रसौनी विर्ता गाविस सबैठबवाका राम विनेश कुशवाहाको हत्या गर्ने व्यक्तिलाई आन्दोलनसँग जोडेकोमा आपत्ति जनाएका छन् ।
अपराधी उम्काउन प्रयास गरेको भन्दै पीडित परिवारले स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
पीडित परिवारका सदस्यले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी व्यक्ति हत्याका अपराधीलाई उन्मुक्ति नदिन माग गरेको छ ।
मृतकका बुबा देवनारायण कुशवाहा, आमा, भाइ स्थानीय बासिन्दालगायतले अपराध र आन्दोलन दुई अलग कुरन भएकाले आन्दोलनका नामममा अपराधीलाई उन्मुक्ति दिन नहुने बताए ।
मधेस आन्दोलनका क्रममा १० कात्तिक २०७२ मा रामविनेशप्रसाद कुशवाहालाई दाइको ससुराली गइरहेको बेला बीरगञ्ज उपमहानगरपालिका गण्डकदेखि समय मिटर उत्तर मेनरोड पश्चिमतर्फ खेतमा अमरप्रसाद यादव समेतका व्यक्तिले कुटपितट गरेर निर्मम तरिकाले हत्या गरेका परिवारको भनाइ छ ।