भर्खरै पारपाचुके गरेका चर्चित हाँस्यकलाकार मनोज गजुरेल विश्वका टप १८ कमेडियनमा परेका छन् । सदावहार रुपमा चर्चामा आइरहने कलाकार गजुरेल हालै वैवाहिक सम्बन्ध परित्याग गरेर एकाएक मिडियामा छाएका मनोज दुखका समाचारहरुबाट भन्दा पनि सुखका समाचार र हाँस्य व्यंग्य क्षेत्रबाट स्वदेशमा मात्र नभई विदेशमा पनि चर्चित बनेका एक सफल पात्र हुन् ।
प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र, केपी ओली लगायतका शीर्ष नेताहरुको जस्ताको त्यस्तै अभिनय गर्न सक्ने मनोज पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरेर विश्व्भर चर्चामा रहेका छन् ।
विश्वका १८ कमेडियनमा मनोज गजुरेलको तस्बिर समेत राखिएपछि उनको चर्चाले अझै ब्यापकता पाएको हो । अमेरिकी अनलाइन सीबीएस न्यूजले यो सूची सार्वजनिक गरेको छ । मनोज गजुरेलसहित विश्वका कलाकारहरु एलेक बाल्डविन, एन्थोनी एटामानुइक, रोबर्ट एन्सलर, मार्सेल फोरेष्टेरी, एलिसन ज्याक्सन, डस्टिन गोल्ड, डेनिस एलन, माइक ओसम्यान, डेरिओ बालान्टिनी, जोन डी डोमेनिको, एरिक ज्याकम्यान, टोड वेरटालिक, डान कनेली, रोनाल्ड ग्रम्प, आरजे मोरिस, राफेल आल्मोडोभार लगायत परेको सिएनएनले उल्लेख गरेको छ । कमेडियनको १८ सूची मध्ये उनको नाम परेपनि यतिनै सुचिमा छ भन्ने खुलाएको छैन् ।