ओस्कार अवार्डमा द शेप अफ् वाटर सर्वोत्कृष्ट

ओस्कार अवार्डमा द  शेप अफ् वाटर सर्वोत्कृष्ट
मनोरन्जन

यस वर्षको ओस्कार अवार्ड तथा एकेडेमी अवार्डमा चलचित्र द शेप अफ् वाटर भाग्यमानी ठहरियो ।

चलचित्र द शेप अफ वाटरले सबैभन्दा बढी चारवटा विधामा अवार्ड जितेको छ । लस एन्जलसमा भएको अवार्ड समारोहका श्रीदेवी र शशि कपूरलाई श्रद्धाञ्जलीसमेत दिइएको थियो ।

ओस्कार अवार्ड समारोहलाई जिमि किमेलले सञ्चालन गरेका थिए । उनले सुरुमै अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपति माइक पेन्सप्रति निशाना साँधे । उनले भने, ‘हामी कल मि बाई योर नेमजस्ता चलचित्र पैसाका लागि बनाउँदैनौँ, माइक पेन्सजस्ता व्यक्तिलाई तह लगाउन हामी यस्ता चलचित्र बनाउँछौँ ।’

धेरै विधामा अवार्ड प्राप्त गर्नका लागि डनकर्क, थ्री बिलबोर्ड तथा कोको जस्ता चलचित्रहरु रहेका थिए । डनकर्क को आठ र थ्री बिलबोर्ड्सलाई सात विधामा नोमिनेट गरिएको थियो भने शेप अफ वाटरलाई १३ विधामा नोमिनेट गरिएको थियो ।

कसले कुन विधामा पाए ओस्कार ?
बेस्ट फिल्मः द शेप अफ वाटर

बेस्ट डायरेक्टरः गीलर्मो डेल टोरो, द शेप अफ वाटर

बेस्ट एक्टरः गैरी ओल्डम्यान, डार्केस्ट आर

बेस्ट एक्ट्रेसः फ्रान्सेस म्याकडोरमेंड, थ्री बिलबोर्डस

बेस्ट सपोर्टिंग एक्टरः स्याम रकवेल, थ्री बिलबोर्डस

बेस्ट सपोर्टिंग एक्ट्रेसः लिसन जेनी, आई टोन्या

फिल्म एडिटिङः डनकर्क (ली स्मिथ)

फिल्म एडिटिङः रिमेम्बर मी, फिल्म कोको म्यूज़िक, लिरिक्स (क्रिस्टम एन्डर्सन लोपेज तथा रोवर्ट लोपेज)

ओरिजिनल स्कोरः द शेप अफ वाटर

बेस्ट सिनेमाटोग्राफीः ब्लेड रनर २०४९ (रोजर ए डेकिङ्कस)

बेस्ट डकुमेन्ट्री (फिचर): इकारस

बेस्ट साउन्ड एडिटिङः डनकर्क (रिचर्ड किङ्ग तथा एलेक्स गिवसन)

बेस्ट साउन्ड मिक्सिङ्गः डनकर्क

ओरिजनल स्क्रीन प्लेः गेट आउट, जोर्डन पीले

प्रोडक्शन डिजाइनः द शेप अफ वाटर

विदेशी भाषाको फिल्मः ए फन्टास्टिक वूमेन

एनिमेटेड फिचर फिल्मः कोको

भिजुअल इफेक्ट्सः ब्लेड रनर २०४९

बेस्ट डकुमेन्ट्री सर्टः हेवन इज द ट्राफिक जाम अन द ४०५ ( फ्रइर स्टेफेल)

एडेप्टेड स्क्रीन प्लेः कल मी बाई योर नेम (जेम्स इवोरी)

Post Comment