ग्लोबल फायर पावर: उत्तर कोरियालाई अमेरिकाले उछिन्यो

ग्लोबल फायर पावर: उत्तर कोरियालाई अमेरिकाले उछिन्यो
समाचार

विश्वको आधुनिक बल र फौजी शक्तिबारे विश्लेषण गर्ने सोध संस्थान ‘ग्लोबल फायर पावर‘ले २०१७ को फौजी शक्तिका हिसावले १३३ देशको सूची जारी गरेको छ ।

यसमा परम्परागत युद्ध हतियार र उपकरणको मात्र विश्लेषण गरिएको छ । परमाणु हतियार सामेल छैन । यो सूचीमा नेपाल पनि अटाएको छ । नेपाल ९७ औं स्थानमा छ । भुटान पुछारमा छ ।

पाकिस्तान १३ औं नम्बरमा

फ्रान्स र बेलायत भारतभन्दा पनि पछि छन् । बीबीसी संवाददाता शकील अख्तरका अनुसार पाकिस्तान विश्वको १३ औं सबैभन्दा ठूलो सुरक्षा फौज भएको मुलुक हो । रक्षा बलको सन्दर्भमा पाकिस्तानले सन् २०१७ मा केही क्षमता विस्तार गरेको थियो ।

अमेरिकाको रक्षा बजेट ५८७ अरब डलर छ जबकी चीनको १६१ अरब डलर रक्षा बजेट रहेको छ । चीनमा सक्रिय सैनिकको संख्या २२ लाख एवं रिजर्व सैनिकको संख्या १४ लाख रहेको छ । यसका साथै तीन हजार लडाकु विमान एवं साढे छ हजार ट्यांक रहेका छन् । पछिल्लो समय चीनको सैन्यशक्ति अक्रामक हुँदै गएको छ ।

यस सूचीमा ८१ लाख जनसंख्या भएको इजरायल ९ नम्बरमा रहेको छ । इजरायलसँग ६५० लडाकु विमान एवं २५ सयभन्दा धेरै ट्यांक छन् । यसैगरी उत्तर कोरिया १४ औं र सीरिया १८ औं नम्बरमा छन् ।

Post Comment