नेपाली अमेरीकन कलाकार संघ नर्थ अमेरीकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा न्यूयोर्क लगायत अन्य शहरका नेपाली समाजका अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मार्च ११ तारिखमा सम्पन्न निर्वाचनमा दोश्रो पटक सुमन बुडा मगर निर्वाचित भए । अधिवेशनमा निबर्तमान महासचिव अभय ढुंगेल उप बिजेता भए । केहि पद निर्बाचन प्रकृयाबाट र केहि निर्विरोध गरेर नया कार्य समिती चयन भएको छ ।
जसको अध्यक्षमा सुमन बुडा मगर तथा बरिष्ठ उपाध्यक्षमा निसा सुनार छन् । यसैगरि उपाध्यक्षमा खड्गबहादुर (विक्की) पुलामी मगर, बसन्ती राई, गीता बिर्लाकोटी, एत्ना कार्की र पार्वती राई, साथै रचनाकार उपाध्यक्ष(खाली रहेको) ,महासचिवमा लोकदोहोरी गायक बिमल डाँगी ,सचिब सौरमराज तुलाधर, कोषाध्यक्ष संगिता थापा मगर, सह(सचिव मुना भण्डारी, सह(कोषाध्यक्ष प्रेम सेन्चुरी र युवा संयोजक रूबिन शर्मा छन् ।
यसैगरि क्षेत्रीय उपाध्यक्ष (वेष्ट कोश) रामसिंह बस्नेत छन । कार्य समिति सदस्यहरूमा पुष्कर बराल, सुवर्णकुमार शाक्य, दिलिपकुमार मगर, पूजा न्यौपाने, सुरेन्द्र बास्तोला, रामकुमार सिंह, दीपा थापा, नविन स्रेष्ठ र सुवास चन्द्र मोक्तान छन्। उक्त सम्मेलनमा सुवर्ण क्षेत्रीलाई संघ ले “ जीवनकाल कार्यसम्पादन “ पुरस्कार द्वारा सम्मान गरिएको थियो ।