महेश नेपाल, काठ्माण्डौ । हालसालै एउटा नयाँ गित ‘झल्को आउँछ‘ डिजिटल बजारमा आएको छ । ईश्वर सापकोटाको लय/शब्दमा तयार भएको यस गितमा इश्वर सापकोटा, रन्जना तिमल्सिना र अन्जु पौडेलको स्वर रहेको छ । परदेशीको वेदनामा आधारित रहेर बनाईएको गितको भिडियोमा एसके दाहाल र करिष्मा ढकालको अभिनय रहेको छ । प्रदिप थापाको निर्देशनमा तयार भएको यस भिडियोको सम्पादन शक्ती प्रज्वल घिमिरेले गरेका हुन ।
हेर्नुहोस भिडियो: