अमेरिकामा नेपाली भाषा कक्षा संचालन

अमेरिकामा नेपाली भाषा कक्षा संचालन
अमेरिका

युएस नेपाल न्युज, अमेरिका । जहाँ रहे पनि नेपाली भाषा नबिर्सनु र यसलाइ आउदो पिडिमा हस्तारण गर्नु हाम्रो कर्तब्य हो। नेपाली भाषालाई अन्तराष्ट्रियकारण गर्नु हामी सबैको दायित्व हो। यसै अनुरुप अमेरिकाको केन्टकी राज्यको लेक्जिग्टन शहरमा बसोबास गर्दै आएका नेपालीहरु को संस्था Association of Nepali in Kentucky America (ANKA) ले आउदो समरका लागि नेपाली भाषा कक्षा संचालन गरेको छ मार्च १७ ,२०१८ क दिन स्थानीय सार्वजनिक पुस्तकालयमा एक कार्यक्रमको योजना गरी कक्षा उत्घाटन बिद्यार्थीको नाम दर्ता तथा नेपाली भाषा कक्षा सम्बन्धि गरिने कार्यक्रमका बारे प्रष्ट परियो। ANKA अन्तर्गतको शिक्षा समितिले कक्षा संचालन को सम्पूर्ण व्यवस्था गर्ने छ । ANKA को शिक्षा समितिको संयोजकत्व डमरु पौडेल ज्यु ले गर्नु भएको छ भने अन्य सदस्यहरुमा अर्जुन पौडेल ,अमृत मुनंकर्मी ,एक नारायण सुबेदी , प्रमिला पौडेल ,सलिना राई हुनुहुन्छ , कक्षा उत्घाटन का दिन अभिभावक र बिद्यार्थी भाई बहिनीहरुको बाक्लो उपस्थिति थियो।

उक्त उत्घाटन कार्यक्रममा राम खनाल ,मोहनी डुम्रे ,एक नारायण सुबेदी ,दिलु पराजुली ,परशु आचार्य ,प्रदिप कुमार बिष्ट ,अर्जुन पौडेल ,शुभकामना मन्तब्य तथा नेपाली भाषा कक्षाको बारेमा अझ धेरै प्रष्ट पर्नु भएको थियो। आउदा दिनहरुमा अझ सशक्त रुपमा नेपाली भाषा कक्षा संचालन हुने र धेरै भन्दा धेरै बालबालिका सहभागी गराउने पनि जानकारी गराइयो। यस बाट के बुझिन्छ भने नेपालीहरु जहाँ रहे पनि नेपाली भाषा कला संस्कृति बिर्सने छैन। यसले गर्दा नेपाली भाषा अन्तराष्ट्रियकरणमा अझ थप बल पुग्ने छ । आशा गरौ विश्व भरि छरियर रहेका नेपालीहरुले आफ्नो भाषा कला संस्कृति को सधै संरक्षण र सम्बर्धन गरुन। आफु नेपाली भएको मा गर्व गरुन ।

Post Comment