बिदेशिएका नेपालीहरुको साझा संगठन एन आरएनको केन्टकी च्याप्टरका पदाधिकारी हरुले सपथ ग्रहण गरेका छन। सपथ ग्रहण कार्यक्रम केन्टकी राज्यको लेक्जिङ्ग्टन सहरमा भएको थियो। कार्यक्रममा एन आर एन अमेरिकाका अध्यक्ष श्री केशब पौडेल ज्यू प्रमुख अतिथिमा हुनुहुन्थ्यो भने अतिथिहरुमा बरिष्ट उपाध्यक्ष सुनिल शाह कोषाध्यक्ष प्रकाश अर्याल, गोपेन्द्र भट्टराई ,बुद्धि सुबेदी ,खेम खतिवडा ,गोपाल नेपाल ,मुक्तिमदन श्रेष्ठ ,हेमन्त भेटवाल ,पुरुषोत्तम बोहरा ,बिक्रम घिमिरे , प्रकाश शर्मा को उपस्थिति थियो।
एन आर एन केन्टकी च्याप्टरका सबै पदाधिकारीहरु सर्वसम्मत बाट मनोनित हुनुहुन्छ , अब आउदो नया कार्यकालको लागि एन आर एन केन्टकी च्याप्टरमा निम्न लिखित पदाधिकारी रहनु भएको छ , अध्यक्ष दिलु पराजुली , उपाध्यक्ष्य मोहनी डुम्रे ,सचिब अनुप बस्नेत ,कोषाध्यक्ष सुधिर ओझा ,युथ कोओर्डिनेटोर इश्वर कटुवाल,महिला कोओर्डिनेटोर मंजु गौतम बोर्ड अफ डाइरेक्टरमा सम्भा प्रसाद लामिछाने ,परशु राम आचार्य ,पोषराज भुजेल , हिरा के सी ,जनार्धन रिजाल रहनु भएको छ , तेसै गरी केन्टकी च्याप्टरको सल्लाहकारमा शसी चन्द्र अधिकारी ,डा गुण बहादुर थापा ,हेमन्त भेटवाल ,प्रिती खत्री ,बाबुराम अधिकारी ,राम खनाल , एक नारायण सुबेदी रहनु भएको छ। कार्यक्रममा उपस्थित सबैलाई शसी चन्द्र अधिकारीले स्वागत मन्तब्य राखी स्वागत गर्नु भएको थियो।
तेसै गरी मोहनी डुम्रे ले सस्थाको भावी योजना को बारेमा प्रष्ट पर्नु भएको थियो , कार्यक्रम मा उपस्थित विभिन्न पदाधिकारीले नव निर्वाचित पदाधिकारीहरु लाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो। कार्यक्रमका प्रमुख समेत रहनु भएका एन आर एन अमेरिकाका अध्यक्ष श्री प्रकाश पौडेल ज्यूले एन आर एन का बारे अझ प्रष्ट पर्नु भएको थियो र अझ धेरै जना सहभागिता तथा सदस्यता वृद्धिको पहल गरिने बताउनु भयो। सस्थाले अमेरिकामा बस्ने नेपालीलाई सहयोग गर्न विभिन्न योजना हरु अघि सारेको पनि बताउनु भयो ।
कार्यक्रममा विभिन्न कलाकारहरुले नृत्य प्रश्तुत गरी मनोरंजन गराउनु भएको थोयो भनि तेसै गरी कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै दिलु पराजुलीले एन आर एन केन्टकी च्याप्टरले स्थानीय सस्था संगको सहकार्यमा सामुदायिक भवन बनाउन हर तरहले पहल गर्ने बताउनु भयो , र उपस्थित सबलाई धन्यवाद ज्ञापन टक्राउदै कार्यक्रम को समापन गर्नु भयो । आशा छ बिदेसिएका नेपाली हरुको छाता संगठन एन आर एन ले आगामी दिन हरुमा प्रबासी नेपालीहरुको हक हित को सुरक्षा गर्दै समुन्नत नेपाल बनाउने सबैको चाहन सफल पार्न आफ्नो भूमिका निर्वाह गर्न सकोस ।
भिडियो: