बन्दुक नियन्त्रणको माग गर्दै लाखैंको बिरोध प्रर्दशन

बन्दुक नियन्त्रणको माग गर्दै लाखैंको बिरोध प्रर्दशन
अमेरिका

अमेरिकामा बन्दुक नियन्त्रणको माग गर्दै विरोध प्रदर्शन भैरहेको छ । हाम्रो जिन्दगीका लागि प्रदर्शन भन्ने नारासहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

वासिङटनमा भएको प्रदर्शनमा झण्डै पाँच लाख व्यक्ति सहभागी भएका छन् । यसबाहेक आठ सय भन्दा धेरै ठाउँमा विरोध प्रदर्शन भैरहेको बीबीसीले जनाएको छ । उनीहरुले बन्दुकलाई होइन बालबालिकालाई जोगाउँ भन्ने आग्रह गरेका छन् ।

गएको महिना फ्लोरिडाको एउटा विद्यालयमा गोली चल्दा १७ जनाको ज्यान गएपछि बन्दुक नियन्त्रणको माग बढेको हो । अमेरिकामा बन्दुक नियन्त्रणको माग गर्दै लण्डन, एडिनबरा, जेनेभा, सिड्नी र टोक्योमा पनि प्रदर्शन भएको छ ।

Post Comment