रुसी कदमपछि अमेरिका आक्रोशित : सेन्ट पिट्सवर्गस्थित अमेरिकी कन्सुलेट बन्द गर्ने आदेश

रुसी कदमपछि अमेरिका आक्रोशित : सेन्ट पिट्सवर्गस्थित अमेरिकी कन्सुलेट बन्द गर्ने आदेश
समाचार

अमेरिकी विदेश मन्त्रालयले आफ्ना ६० कूटनीतिज्ञलाई रुसी सरकारले आधारहीन ढंगले देशनिकाला गरेको बताएको छ।

रुसी विदेशमन्त्री सर्गेइ लावरोवले सेन्ट पिट्सवर्गमा रहेको अमेरिकी कन्सुलेट ४८ घण्टाभित्र बन्द गर्न आदेश दिएपछि अमेरिकी प्रतिक्रिया आएको हो।

नियमित कूटनीतिक खेलमा ‘जस्तालाई त्यस्तै’ ढंङ्गले प्रतिक्रिया जनाउनु स्वभाविक मानिन्छ।

तर २० भन्दा बढी देशहरू र रुसबीच केही समययता बढ्दै गएको तनाव वर्षौ यताकै उच्च विन्दुमा पुग्न लागेको देखिन्छ।

यसै हप्ताको सुरूमा वासिङटनले मस्कोविरुद्ध दुई ब्रिटिश नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोप लगाइरहेको ब्रिटेनलाई समर्थन गर्दै ६० जना रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने बताएको थियो।

त्यसको जवाफमा मस्कोले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएपछि अमेरकी विदेशमन्त्रालयले रुस अरू देशहरूसँग राम्रो सम्बन्ध कायम गर्न अनिच्छुक रहेको टिप्पणी गरेको छ।

Post Comment